January 24, 2022

Halkhabar kura

Entertainment Site

नेकपामा अब ‘तँ‘ भन्न नपाइने, सामूहिक जीवन प्रणाली अपनाउन महिनामा एक पटक वनभोज गर्नुपर्ने

1 min read

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचार संहिता जारी गरेको छ ।  अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहिता पनि समावेश छ ।

सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने भन्दै कसैलाई पनि हेलाहोचो तथा तँ भन्न पूर्ण रुपमा बन्द गर्नुपर्ने आचार संहितामा उल्लेख छ ।

समाजवादी संस्कृतिको आधार नै सामूहिक जीवन प्रणाली भएको भन्दै नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने बताएको छ ।

यस्ता कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने र मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्ने बताएको छ ।

नेकपाले महिला हिंसा वा छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा पार्टीबाट निस्कासन गर्ने र जनप्रतिनिधिमुलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउने बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचार संहिता जारी गरेको छ ।  अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहिता पनि समावेश छ ।

सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने भन्दै कसैलाई पनि हेलाहोचो तथा तँ भन्न पूर्ण रुपमा बन्द गर्नुपर्ने आचार संहितामा उल्लेख छ ।

समाजवादी संस्कृतिको आधार नै सामूहिक जीवन प्रणाली भएको भन्दै नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने बताएको छ ।

यस्ता कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने र मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्ने बताएको छ ।

नेकपाले महिला हिंसा वा छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा पार्टीबाट निस्कासन गर्ने र जनप्रतिनिधिमुलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published.