January 24, 2022

Halkhabar kura

Entertainment Site

नेपालको नाम विश्वमै फैल्याउने विश्वकै उत्कृष्ट शौचालय यहि हो (भिडियोसहित)

1 min read

काठमाडौं उपत्यकाको यो सार्वजनिक शौचालयलाई के कुराले विश्वमै उत्कृष्ट शौचालय बनायो त ?

आएका सर्वसाधारण पनि मापदण्ड पुगेको सार्वजनिक शौचालय र यहाँको व्यवस्थापन देखेर दंग छन्।

तर काठमाडौंका सबै सार्वजनिक शौचालय यस्ता छैनन् । अधिकांश शौचालयमा सर्वसाधारण जानै रुचाउँदैनन् । जानै पर्ने वाध्यता परे नाक खुम्च्याएर पस्छन् । सार्वजनिक शौचालयमा हुने सामान्य मापदण्ड त परको कुरा वरपर हिड्ने सरवसाधारणलाई पनि यहाँको दुर्गन्धले सकस दिन्छ।

धेरै भिडमाड हुने क्षेत्रमा र प्रत्येक ५ सय मिटर देखि १ किलोमिटरमा बालबालिका, बृद्धवृद्धा,महिला तथा अपाङ्गमैत्री सार्वजनिक शौचालय हुनुपर्ने अन्तराष्ट्रिय मापदण्ड छ। तर काठमाडौं शहरबजारमा सार्वजनिक शौचालय हतपत भैटिदैन।

काठमाडौंमा ६० वटा मात्र सार्वजनिक शौचालय छ । त्यसो त महानगरको अध्ययनले २ सय ८४ वटा शौचालय आवश्यक देखाएको छ । तर त्यसतर्फ महानगर कहिल्यै अग्रसर भएन ।