October 19, 2021

Halkhabar kura

Entertainment Site

सुनको मूल्य बढ्यो

1 min read

नेपाली बजारमा कात्तिक २ गते आइतबारदेखि सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ९४ हजार ७ सय र तेजावी सुन तोलाको ९४ हजार २ सय मा कारोबार भएको हिजो सोमबार पनि सोही मुल्य र आज मंगलबार पनि सोही मुल्यमा कारोबार भैरहेको छ ।

सुनको मुल्य तीन दिनदेखि स्थिर रहँदा आज चाँदीको मुल्य भने सामान्य रुपमा बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैंया बढेर १२ सय १० मा कारोबार भैरहेको महासङ्घले जनाएकाे छ । आइतबार र सोमबार चाँदीको मुल्य तोलाको १२ सय मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published.