October 17, 2021

Halkhabar kura

Entertainment Site

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

1 min read

रूपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज मंगलवार बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।

त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभएको छ । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.