October 19, 2021

Halkhabar kura

Entertainment Site

नया लक्षणसहितका कोरोना सं’क्रमितको संख्या बढ्दै

1 min read

काठमाडौं, पछिल्ला केही दिनयता लक्षणसहितका कोरोना भाइरस सं’क्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार सं’क्रमितमा लक्षण देखिन थालेको हो। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ।’ स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले पनि सं’क्रमण थप जटिल बन्दै गएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

उनले भने, ‘लक्षणसहितका सं’क्रमितमा सास फेर्न अ’प्ठेरो भएको पनि छ । बिस्तारै यो क्रम बढ्न सक्छ।’ अधिकांश जिल्लामा सक्रिय सं’क्रमित हुनेहरूमा दीर्घ रोगी रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले लकडाउन खुलेयता लक्षणसहितका सं’क्रमित देखिन थालेको बताए।उनले भने, ‘सक्रिय सं’क्रमितमा ज्वरो आउने र खोकी लाग्ने जस्ता लक्षण देखिएको छ । उहाँहरूलाई आइसोलेसनमा राखिएको छ।’ सक्रिय सं’क्रमितको संख्या बढ्दै गएको भन्दै सचेत र सतर्क रहन चिकित्सकले आग्रह गरेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार १ सय १८ जना सक्रिय सं’क्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published.