July 28, 2021

Halkhabar kura

Entertainment Site

भीम रावलको राजीनामा रोक्न १२ सांसदसहित १७ जनाको टोली काठमाडौँमा

1 min read

धनगढी–

नेकपा एमाले नेता भीम बहादुर रावलको राजीनामा फिर्ता गराउनलाई दवाव दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौँ गएको छ।

प्रदेशबाट १२ जना सांसद र माधव समूहका तर्फबाट मन्त्री बनेकाहरु मंगलबार काठमाडौँ गएका हुन्।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा अघिनै राजीनामाको घोषणा गरेका थिए।

भीम रावललाई ओलीको प्रश्न, ‘सल्लाह गर्नुपर्दैन ? हतारिएर किन राजीनामा देको ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन्। च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए।

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने। अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने। पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले ह’प्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए।

‘भीम रावलहरुले देउवालाई विश्वा’सको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो।

१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए। ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं। तर माधव नेपालले मानेनन्’, उनले भने। एमाले नेता रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। दूषित राजनीतिक खेलमा नलाग्ने भन्दै उनले राजीनामा दिएका थिए।