September 24, 2021

Halkhabar kura

Entertainment Site

तराई-मधेशका ठेगदारहरुप्रति

1 min read

-खतिवडा योगेन्द्र

गिरिजाप्रसाद कोरालाले आफ्नो हर्ताकर्ताको रुपमा पालेका गच्छेदार गिरिजाको मृत्यु पश्चात् काङ्ग्रेसी तर( छाली ) घट्न गै तथाकथित मधेस आन्दोलनको नाममा देसमा आजपनी प्रेत आत्मा भै भट्कदै आएको प्रस्टै झल्कन्छ जस्को कारण तराइ झन झन कमजोर हुदै छ ।

किनभने २०६३/०६४ मधेस भनिने नेपालको तराइ बिद्रोहको चर्चा गर्न सान्दर्भिक ठान्दछु : जब उपेन्द्र यादबले अन्तरिम संविधान ०६३ जारी हुँदा माइतिघर मन्डलामा त्यसलाइ जलाउदै तथाकथित मधेस आन्दोलनको सुरुवात गरे । त्यो सुरुवात हुँदा मधेसका बिभिन्न उत्पिडित बर्गहरु आफ्नो अधिकार अधिकार भन्दै खुब सल्बलाउन थालेका थिए भनिएको थियो ।

त्यो आन्दोलनको बेला तराइ बाट सरकारमा प्रतिनिधित्व गर्ने दुई जना मधेसका कथित ठेगेदारहरु महन्त ठाकुर र राजेन्द्र  महतो पनि मन्त्री भएका थिए । ती मध्ये एउटाले भन्दै थिए अधिकारको लागि भनिएको आन्दोलन पानीको फोका जस्तै हो र अर्को भन्दै थियो यो आन्दोलन ताइनन तुइको बेमौसमी बाजा हो ।

ठिक त्यतिनै बेला यी दुइटैलाइ तराइका जनताले बहिस्कार गरेका थिए । त्यसपछी यी दुई नयाँ नयाँ दल खोल्न थाले ती मध्धे पहिलो:
मधेसी नज अधिकार फोरम,  दोश्रो : मधेसी मोर्चा, तेश्रो: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा

यति भै सक्दा नसक्दा राज्यसँग यिनिहरुको ८ बुँदे सहमती भयो । फेरि केही समय पछि २२ बुँदे सहमती गरे । त्यसपछी यिनिहरुले २०६४ को संविधान सभाको पैलो निर्बाचन्मा जान समय कम भएको भनी थप समय मागेर / समय थपाएर भाग लिए । त्यसपछि निर्बाचित भएर देसको ठुलो क्षेत्रीय दलको रुपमा मधेसी जनअधिकार फोरम मार्फत यिनिहरुको चौथो रुप यो देसमा स्थापित भयो ।

यदि चाहेको भए त्यो बेला यी दुई राजनैतिक चन्डालहरुले आफ्नै इतरका रास्ट्रपती भएको बेला तराइका सयकडौं माग हरु पुराग राउन पनि सक्थे , दुई तिहाइले संविधान निर्माण गर्न पनि सक्थे , तर यी दुबै माहासय तथाकथित मधेसका ठेगेदारहरुले के गरे भने जब रुकमाङ्गत कटुवाल ( तात्कालिन सेना प्रमुख ) सँग दादागिरी देखाउदा खुइलिएर जंगली नायक प्रचन्डेको राजिनामा आयो र माकुनेको सरकार बन्यो ठिक त्यतिनै बेला सम्ममा यी दुबै मसियाहरुका पाँचौं र छैटौं दलका रुपमा अरु दुई दल जन्मी सकेका थिए । जस अन्तर्गत एक जना सद्भावनाका अद्यक्ष बनेका थिए भने अर्का आफुलाई चतुर सम्झने कथित मधेस ( नेपालको तराइ) मा तमलोपा भन्ने झुन्ड बनाइ दलको हुंकार पिटिरहेका थिए ।

स्मरण रहोस: मैले माथी पैलो अनुच्छेदमा वर्णन गरेको बिसय यहाँ जोड्न सान्दर्भिक ठान्दछु की यी घटनाक्रम हुँदा सम्ममा दुबै गच्छेदारका दायाँ र बायाँ सुम्भ निसुम्भ बनी मधेसी जन अधिकार फोरमलाइ बिच सडकमा पब्लिक्कै सामने बलात्कार गरिसकेका थिए ।

फेरि पछि इन्डियन बिस्वास पात्र बाबुराम जि प्रधानमन्त्री बन्दा कथित मधेसको मुक्तिका लागि भन्दै नाङ्गै नाच नाचेर यिनिहरुले नै जे पि गुप्ताको मतियार बनेर पार्टिको कत्लेआम गरे ।

यो श्रींखला आज पनि चली रहेको छ दुबै फेरि सत्तामा ओलिलाइ भर्याङ बनाएर पुगेका छन । यिनिहरुनै अझै कथित मधेस का ठेगेदारको दाबी गरिरहेछन । तर यिनिहरुलाइ केही थान प्रस्न गर्न मन लागेको छ :

१. रेशम चौधरिलाइ नगदानगदी लिन्छौ भन्थेउ , रेशम कहाँछन आज ? २.नागरिकता नि नगदा नगदी चाहिएको थियो , कति भुमिपुत्रलाइ वा बिहारिलाइ नागरिकता बाढी सकेउ ? ३. तिमिहरुकै क्षेत्रका थमन बिक को मुद्दा फिर्ता भयो ? ४.दर्जनौ राजनैतिक हत्याका मुद्दाहरु फिर्ता भए ? ५.नवलपरासीको मुद्दा फिर्ता भयो ? ६.बाँकेका राकेश भाटको मुद्दा फिर्ता भयो ? ७. कपिलबस्तुको मुद्दा फिर्ता भयो ? यस्ता अरु थुप्रै थिए : तर कति लेखौं !

अन्त्यमा

मैले यो छोटो आलेख तयार पार्दा सम्म यहाँ सारमा के भन्न खोजिएको हो भने देसको तराइको भुमी प्रयोग गरि त्यहाँका आदिबासी , पिछडिएको बर्ग समुदाय र क्षेत्र ,लिङ्ग, वर्ण जे जे का नाममा जसरी पारिपट्टिबाट आएर मिसिएकाहरुबाट शासन भै रहेको छ यिनिहरुको समुल अन्त्य हुन जरुरि छ ।

यति मात्र हैन गिरिप्रसादको अक्षम्य अपराधको खेद पनि सगै जोडिन्छ भने उन्ले डामेर छोडेका साँढेहरुलाई लगाम लगाइ तराइकै ओरिजिनल जिनहरुबाट झिर नतताउन्जेल देसको क्षेतृय अखन्डता लाई यिनिहरुले गरिखाने भाँडोको रुपमा जैलेई राजनितिक मुद्दा बनाइ रहनेछन ।

गरिखानकै लागि सारिरिक श्रम गर्न तराइको नौनी घु जस्तो माटो यिनिहरुलाइ अपच भै सकेको छ भने काठमाडौ बसेर राजनिती मार्फत मानसिक श्रम्मा आफुलाइ अब्बल ठान्ने तथा कथित मधेसी क्षेतृय दलहरुका नाइकेहरुको समुल अन्त्य र वास्तविक तराइबासिका छोराछोरिको हातमा तराइको नेतृत्व जिम्मा लगाउनु आजको पैलो आबस्यकता भै सकेको छ ।

तर कस्ले गर्ने ?