November 29, 2021

Halkhabar kura

Entertainment Site

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषदले प्रस्ताव गरेको अध्यादेश जारी

1 min read

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले प्रस्ताव गरेको अध्यादेश जारी गरेकी छन् ।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

यसअघि सरकारले दल विभाजनसम्बन्धि विद्यमान व्यवस्था सरल बनाउने अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल र उर्जामन्त्री वर्षमान पुनले यस्तो गम्भीर निर्णय यो समयमा गर्नु ठीक हुन्न कि भनेर सुझाएको दाबी गरिएको छ । अरु मन्त्री मौन रहेको जनाइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत बहुमत भएमात्र पार्टी फुटाउन सकिने व्यवस्था रहेकामा अब कुनै एकातिर ४० प्रतिशत पुर्याए फुटाउन सकिने व्यवस्था गर्न लागिएको हो ।

पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्षबीच मतभेद चुलिँदै गएका बेला प्रधानमन्त्री आफैले यो प्रस्ताव ल्याएपछि राजनीतिक बजारमा खैलाबैला मच्चिएको छ ।

Leave a Reply

Your email address will not be published.