January 24, 2022

Halkhabar kura

Entertainment Site

नेकपाको सचिवालय बैठक बस्दै

1 min read

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। पार्टीभित्र असन्तुष्टि चुलिएका बेला आज साँझ साँढे ५ बजे बैठक बोलाइएको हो।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको ठाडो प्रस्तावमा पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने तयारी पछि पूर्वमाओवादी खेमा असन्तुष्ट बनेका छन्।

सचिवालय बैठकमा पार्टीभित्र बढेको तीव्र असन्टुष्टीका बारेमा सहमति खोज्न प्रयास गरिने अनुमान गरिएको छ। आजै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अप्रत्यासित रूपमा अध्यादेशसम्बन्धी ठाडो प्रस्ताव गरेको बताइएको छ।

प्रधानमन्त्री ओलीको प्रस्तावमा ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालले तत्काल फरक मत जाहेर गरेका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा यस्तो निर्णय गर्नु ठीक हो र भन्दै असहमति जनाएका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमा विशेषगरी पूर्वमाओवादी खेमाका अधिकांश मन्त्री असन्तुष्ट रहेको बताइएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। पार्टीभित्र असन्तुष्टि चुलिएका बेला आज साँझ साँढे ५ बजे बैठक बोलाइएको हो।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको ठाडो प्रस्तावमा पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने तयारी पछि पूर्वमाओवादी खेमा असन्तुष्ट बनेका छन्।

सचिवालय बैठकमा पार्टीभित्र बढेको तीव्र असन्टुष्टीका बारेमा सहमति खोज्न प्रयास गरिने अनुमान गरिएको छ। आजै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अप्रत्यासित रूपमा अध्यादेशसम्बन्धी ठाडो प्रस्ताव गरेको बताइएको छ।

प्रधानमन्त्री ओलीको प्रस्तावमा ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालले तत्काल फरक मत जाहेर गरेका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा यस्तो निर्णय गर्नु ठीक हो र भन्दै असहमति जनाएका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमा विशेषगरी पूर्वमाओवादी खेमाका अधिकांश मन्त्री असन्तुष्ट रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published.