November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरसः भारतमा १६ हजार बढी संक्रमित, ५१९ को मृत्यु

1 min read

भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५१९ पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या १६ हजार भन्दा बढी पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म १६ हजार ११५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५१९ जनाको मृत्यु भयो भने २३ सय एकजना निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा संक्रमितको संख्या ३६ सय ५१ पुगेको छ। त्यहाँ २११ जनाको मृत्यु भइसकेको छ ।

यस्तै दिल्लीमा संक्रमितको संख्या १८ सय ९३ पुगेको छ । दिल्लीमा हालसम्म ४३ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । मध्य प्रदेशमा १४ सय सातजनामा संक्रमण पुष्टि भएकोमा ७० जनाको मृत्यु भइसकेको छ ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा ७ लाख ६४ हजार संक्रमित बनेका छन् ।

दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७८ हजार बढी संक्रमित छन् ।

उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९८ हजारभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा परेका छन् ।

फ्रान्समा १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ ।
त्यहाँ १ लाख २० हजार मानिस संक्रमित भएका छन् । फ्रान्समा १ लाख ५२ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् ।

विश्वभर १ लाख ६५ हजारभन्दा बढी मानिसको मृत्यु र २४ लाख ६ हजार व्यक्ति संक्रमित हुँदा ६ लाख २४ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.