October 17, 2021

Halkhabar kura

Entertainment Site

नेपाली कांग्रेसलाई हराउन ओली र प्रचण्ड एक भएर निर्वाचनमा जाने, यसरी बन्यो त्यो प्लान !

1 min read

प्रतिनिधिसभा संसद विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष एकअर्काको विरोधमा छुट्टाछुट्टै भेला, बैठक र निर्णय गरिरहेका बेला बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन लागि दुवै पक्ष एकै भएका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा फागुन १६ गते हुने उद्योगी व्यवसायीको चुनावका लागि ओली र प्रचण्ड दुवै नेकपा मिलेर नेपाली कांग्रेसविरुद्ध चुनाव लड्ने भएका छन् ।

अरु बेला झगडा गरिराख्ने कम्युनिस्टहरू आफू मात्रै एक भएका छैनन्, राजावादी दल भनेको आरोप लाग्ने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत सँगै राखेका छन् ।

ओली र प्रचण्ड नेकपाले सुभास भट्टराईलाई अध्यक्ष पदको साझा उम्मेदवार बनाएका छन् । कार्यसमितिको अन्य पदमा दुबै नेकपा र राप्रपा समर्थक व्यवसायीलाई उम्मेदवार बनाइएको छ ।

नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता रोमणि भट्टराईले बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा साझा उम्मेदवार बनाउँदा नेकपाका तल्लो तहका आमकार्यकर्ता पार्टी एकताको पक्षमा रहेको सन्देश दिएको दाबी गरेका छन् ।

बुधबार भएको उम्मेदवार घोषणा कार्यक्रममा नेकपाका दुबै पक्षका उच्च तहका नेता हाँसीखुसी एउटै लहरमा बसेका छन् । बाहिर हेर्दा नेकपाका दुवै पक्षभित्र भयानक लडाइँ भइरहेको देखिन्छ ।

नेकपाको ओली पक्षका १ नम्बर प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रचण्ड–नेपाल पक्षका झापा जिल्ला सचिव तथा साविक नेकपा माओवादीका जिल्ला सेक्रेटरी विजय साम्पाङ लगायतका नेताले साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

कम्युनिस्टहरूका साझा उम्मेदवारलाई टक्कर दिन नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक पक्षबाट अध्यक्ष पदमा प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।

वाणिज्य संघको चुनावमा नेकपा–राप्रपा गठबन्धन र कांग्रेस समर्थित उम्मेदवारको प्यानलबीच सोझो टक्कर छ । शिवाकोटीको नेतृत्वमा रहेका प्यानलको उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतका नेता उपस्थित रहेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको चुनावमा ४ हजार ५५० मतदाता छन् । यसअघिको निर्वाचनमा नेकपा उम्मेदवारलाई कांग्रेस उम्मेदवारले हराएका थिए ।