November 28, 2021

Halkhabar kura

Entertainment Site

अडियो प्रकरणबारे सञ्चारमन्त्री बास्कोटाले ३ बजे आफ्नो धारणा सार्वजनिक गर्ने

1 min read

काठमाडौं । घु-स- लेनदेनको विषयमा गरिएको गो-प्य- कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् । अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपमै भन्ने बताए ।

उनले बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने पत्रकार सम्मेलनमार्फत नै सार्वजनिक भएको कुराकानीको अडियोका बारेमा जवाफ दिने बताएका हुन् ।

यो पनि पढ्नुस,

सरकारका प्रवक्ता साथै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आर्थिक लेनदेनको विषयमा डिलिङ्ग गर्दै गरेको एउटा अडियो टेप सार्वजानिक भएको छ ।

हाम्राकुरा डट कमका तर्फबाट मध्यराति युट्युवमा अपलोड गरिएको सो अडियोमा मन्त्रीसंग डिलिङ्ग गरिरहेका व्यक्तिको परिचय कतै खुल्दैन । तर, हाम्राकुरा डटकमले भने ती व्यक्ति स्वीस कम्पनीका नेपाली एजेण्ट विजयप्रकाश मिश्र शर्मा रहेको उल्लेख गरेको छ । जम्मा २ मिनेट ३५ सेकेण्डको सो अडियोको स्वतन्त्र पुष्टि हुन भन्ने बाँकि छ ।

सो वेभसाइटले सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको मसिन खरिदका प्रसंगमा ७० करोड बार्गेनिङ्ग गरेको त्यसका सम्पादक अजयबाबु शिवाकोटीको वाइलाइनमा प्रकाशित समाचारमा उल्लेख छ ।

हाम्राकुराका अनुसार – स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।

यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः

विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन

मन्त्री गोकुल बास्कोटाः ह…
विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

मन्त्री गोकुल बास्कोटाः ठीक छ।
विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।

मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।
विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।

मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।
विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।

मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?
विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा

मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?
विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।
विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।

मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?
विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।

मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन? छुट्टै गर्छन?
विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?
विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने…

मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?
विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।

मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..

विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

Leave a Reply

Your email address will not be published.