October 17, 2021

Halkhabar kura

Entertainment Site

छालको कमजोरीसंग समुन्द्रको शक्ति तुलना गर्नु हुँदैन !

1 min read

-सफलता बोगटी

तपाई जिवनमा एक पटक असफल हुदा कति पटक अरु सफल बन्ने प्रयास गर्नु भयो । हामी असफलतालाई सधै सफलताको उल्टो मान्छौं ।

तर असफलताहरु सफलताको उल्टो होइनन् । यि दुबै एउटै सिक्काका २ भागहरु थिए । असफल हुन साथ हामी निराशा बनिहाल्छौ ।

सफलता र असफलता जित र हार हुदै होइनन् । हामी जिवनको प्रारम्भमा नै असफल बनेर हार स्वीकार छौं र हामी कहिल्यै सफल बन्न सक्दैनौं ।

जो सबै असफलतासंग कहिल्यै हारेनन ति सधैं सफल भइरहे । हामीले असफलताहरुलाइ सफलता कै रुपमा लिनु पर्छ । असफलताहरु भनेका एउटा बस स्टप मात्र हुन ।

जानु कति टाढा छ कति ? असफलता नभै नहुने आवश्यकताहरु हुन । चुनौती बोक्नेहरु जिवनमा कहिल्यै लड्दैनन् र थाक्दैनन् पनि ।

असफलताहरुले नै सबै भन्दा पहिला सफलतामा पुराउदछन । तिमी जे कुरामा कम्जोर छौ त्यसमा नै तिमी उच्च सफलता पाउछौ ।

जिवनमा सकिनु भन्दा असफलता हुनु राम्रो हो । असफलताहरु उत्तम ज्ञान उपलब्ध गराउने साधनहरु हुन । असफलताहरु खराब चाहिं हुदै होइनन् ।

पुर्बीय दर्शनमा असफलतालाई सहेर जित्नु पर्छ भनिन्छ । मनका लहरहरु पनि समुन्द्रका लहर वा छालहरु जस्तै मात्र हुन ।

समुन्द्रको छालले समुन्द्रको पानीलाई प्रतिनीधित्व गर्दैन तर छाल समुन्द्रको एक अंश चाहि अवस्य हो ।

छालको कमजोरीसंग समुन्द्रको शक्ति तुलना गर्नु हुँदैन ।