October 17, 2021

Halkhabar kura

Entertainment Site

हंगामा मच्चाएको यी चर्चित शिर्ष ६ जना नेताको लभ अफेयर !

1 min read

एजेन्सी । भारतमा केही यस्ता चर्चित राजनीतिज्ञहरु छन् जो लभअफेयरका कारण ठुलै विवादमा परे । वरिष्ठ नेता भएका कारण पनि उनीहरुले ठुलै दबाब झेल्नु पर्यो ।मिडियाले उनीहरुको लभअफेयरलाई लिएर ठुलै प्रश्न चिन्ह खडा गरेको थियो । भारतका यी ६ जना नेताहरु जो प्रेम सम्बन्धका कारण व्यापक विवादित बने ।

दिगबिजय सिंह

पुर्व मध्य प्रदेश मुख्यमन्त्री सिंह तब विवादमा फसे जब उनी टिभी पत्रकार अमृता रायसँग आपतिजनक अवस्थामा रहेको तस्बिरहरु मिडियामा भाइरल बने । सन् २०१५ मा उनले उक्त अफयेर रियलमा रहेको स्वीकार गरे र पछि उनीसँगै विवाह पनि गरे ।

ओमार अब्दुल्लाह

१७ वर्षदेखिसँगै बस्दै आइरहेकी श्रीमतीलाई ओमारले एकाएक डिभोर्स दिने निर्णय गरे । पछि थाहा भयो उनी निधि राजदानसँग प्रेममा रहेछन् । पुर्व जम्मु काश्मिरका मुख्यमन्त्री र निधिको भेट जम्मु काश्मिरमा भएको थियो । त्यसपछि उनीहरुको लभअफेयर सुरु भएको थियो । पछि ओमारले अफेयर छैन भन्दै विज्ञप्ति निकालेका थिए ।

शशी थरोर

काँग्रेसका चर्चित सांसद पनि उत्तिकै विवादमा रहे । आफ्नी स्वर्गीय पत्नी सुनन्दा पुस्करसँगको अफेयरका कारण उनी चर्चामा आएका थिए । जब उनीहरु भेट भए उनीहरु दुवै डिभोर्सी रहेका थिए । पछि उनी पाकिस्तानी पत्रकार मेहर तरारसँगको अफेयरका कारण चर्चामा आए । तर शशीले उक्त कुराको खण्डन गरे । पछि सुनन्दा पुस्करको होटलमा हत्या हुन पुग्यो । आजसम्म पनि उक्त केश पेन्डिङ रहेको छ ।

अमर सिंह

भारतीय समाजवादी पार्टीका नेता अमर सिंह र अभिनेत्री विपाशा बासुको एक टेलिफोन संवादका कारण चर्चामा आए । विपाशा र अमरसिंहबिच भएको सेक्सुअल संवादले दुवै निकै विवादमा परेका थिए ।

एन्टी रामा राव

रामा रावले जब उनी लेखक लक्ष्मी पार्थवीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरे तब उनका परिवार, साथीभाई सबै तीनछक खाएका थिए । तीपटकसम्म मुख्यमन्त्री बनेका रामा राव आफ्नो बायोग्राफी लेख्ने लेखकसँगै प्रेममा परेका थिए । उनले ७० वर्षको उमेरमा यस्तो निर्णय लिएका थिए ।

एण्डी तिवारी

उत्तराखण्ड र उत्तर प्रदेशका पुर्वमुख्यमन्त्री तीन जना युवतीसँग एउटै बेडमा फेला परेको समाचार बाहिर आएको थियो । उनी राजभवन रेसिडेन्समा यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला गरेको खबर बाहिर आएको थियो । उनीमाथि यौ,’न हिं’सा गरेको आरोप पनि लागेको थियो । पछि उनले माफी पनि मागेका थिए

उनले सुरुमा आफुलाई लक्षित गरेर यस्तो आरोप लगाइएको बताएका थिए । तर, पछि आफ्नो गल्ती स्वीकार गरेका थिए ।रोहित शेखरले उनीमाथि आफ्नो पिता भएको दाबी गर्दै अदालतमा मुद्धा हालेका थिए । पछि उनले मुद्धा पनि जिते । मुद्धा जितेपछि तिवारीले शेखरकी आमासँग ८८ वर्षको उमेरमा विवाह समेत गरेका थिए । नेपालीपत्र बाट