October 19, 2021

Halkhabar kura

Entertainment Site

यिनै हुन् धादिङमा घाइते महिलालाई जिउँदै पुरेर भाग्ने स्काभेटर चालक,अन्तत: पुगे प्रहरी खोरमा

1 min read

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यान्टारमा एक महिलालाई जिउँदै पुरेर फरार भएका स्काभेटर अपरेटर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीमबहादुर बुढाथोकी छन् । उनलाई कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको गड्डाचौकीबाट पक्राउ गरिएको जनाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । उनी घटनापछि भारतको हरिद्वार क्षेत्रमा लुकेर बसेको खुलेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले बताए ।

गएको फागुन तेस्रो साता सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्कँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । घाइते अवस्थामा उनी खाल्टोमा खसेकी थिइन् । त्यति बेला सडक मजदुर भने खाना खान गएका थिए ।

बुढाथोकीले खाल्टोमा खसेपछि उद्धार गर्नुको साटो माटोले पुरेका थिए । एक बसका यात्रीले स्काभेटरले महिलालाई पुरेको हल्ला गरेपछि मजदुरले खनेर उनको शव निकालेका थिए । चालक भने हल्ला भएपछि फरार भएका थिए । घटनापछि उ’त्तेजित भिडले एस्काभेटरमा ढुं’गामु’ढा र आ’गजनी गरेको थियो ।उनीविरुद्ध ज्या,न मा’र्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।