November 29, 2021

Halkhabar kura

Entertainment Site

नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाखसम्म बन्द

1 min read

काठमाडौं । नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् । सरकारले भि-ड-भा-ड- र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म ब-न्द- गर्न निर्देशन दिएपछि रंगशाला, पौडी पोखरी तथा अन्य खेल स्थलहरु पनि बन्द हुने भएका हुन् ।

विश्वव्यापी स्वास्थ्य महामारी कोरोनावि-रु-द्ध- सतर्कता अपनाउन सरकारले हिजो केही कडा प्रा-व-धा-न लागु गरेको छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार मात्रै कम्तिमा एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।

राखेपले त्यस पश्चात भने परिस्थिति हेरेर निर्णय गरिने जानकारी गराएको थियो । तर सरकारको पछिल्लो निर्देशनपछि अब रंगशालाहरु कम्तिमा बैशाख १८ सम्म बन्द रहने भएका छन् ।

देशका सम्पूर्ण ठूला खेलकुद प्रतियोगिताहरु यसअघि नैं अ-नि-श्चि-त-का-लको लागि रोकिएका छन् ।

यस्तै इंग्लीश प्रिमियर लिग फुटबलका बाँकी खेलहरु बन्द रंगशालामा खेलाउने तयारी गरिएको छ । इंग्लीश फुटबल संघ ९एफए० ले प्रिमियर लिगका बाँकी खेलहरु बन्द रंगशालामा खेलाउने विकल्पमाथि छलफल गरिरहेको छ ।

यस विषयमा छलफल गर्न एफएले आज भिडियो कन्फरेन्समार्फत बैठक गर्दैछ । उक्त बैठकबाट ठोस निर्णय आउनेमा भने एफएकै सदस्यहरुले विश्वास गरेका छ्रैनन् ।

कोरोना संक्रमणको पछिल्लो अवस्था र बेलायती फुटबलमा यसले पार्नसक्ने समग्र प्रभावबारे आजको बैठकमा छलफल हुनेछ । अप्रिल तीन तारिखसम्म स्थगित गरिएको प्रिमियर लिगका बाँकी ९२ खेल बन्द रंगशालामा खेलाउने योजना एफएको छ ।

धेरै खेलहरु तथष्ट मैदानमा खेलाइने सम्भावना पनि उत्तिकै छ । लिगका लागि आयोजकले दुई वा तीन वटा मैदानलाई तोक्ने भएको छ । नयाँ योजना अनुसार हरेक तीन दिनमा खेल हुनेछ । यसका लागि बेलायत सरकारले पनि स्वकृती दिनुपर्नेछ ।

खेलहरु थोरै रंगशालामा खेलाउँदा मेडिकल र अन्य सुरक्षाका लागि सजिलो हुने आयोजकको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published.