January 21, 2022

Halkhabar kura

Entertainment Site

कार्यदलले एमसीसीको अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने हो’: मन्त्री ज्ञवाली

1 min read

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे विस्तृत अध्ययन गर्न गठित कार्यदलले सुझाव मात्रै पेश गर्ने बताएका छन्।

बंगलादेशको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने प्रष्ट पारेका हुन्।

गत माघ १४ देखि १९ गतेसम्म पार्टीको केन्द्रीय समिति बैठकमा केही नेताहरूले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकारसहित कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उनले बताए।

उनले भने, ‘सरकारले एमसीसी साउनमै संसदमा प्रस्तुत गर्नुको तात्पर्य प्रष्ट नै छ। हामीलाई दिएको विषय पनि त्यही हो। त्यसको बारेमा रहेका अस्पष्टताहरू प्रष्ट पार्न समिति गठन भएको हो। केन्द्रीय समितिमा केही सदस्यहरूले नबुझेको र प्रष्ट पार्न भनेपछि त्यही क्षेत्राधिकार दिएर कार्यदल गठन भएको हो। दोस्रो पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाउँछौँ।’

यसअघि नेकपाको केन्द्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र ज्ञवाली गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो। अहिले कार्यदलले अध्ययन गरिरहेको छ।

यस्तै बंगलादेश भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग दुई देशको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको बताए । दुई देशको हितमा हुनेगरी राजनीतिक सम्बन्ध सुदृढ गर्दै आर्थिक सम्बन्ध अझ गहिरो र फलदायी बनाउँदै जैलाने विषयमा कुराकानी भएको उनले बताए । त्यसैगरी जलविद्युत लगायत उर्जाका स्रोतहरुको विकास एवं व्यापार गर्ने विषयमा पनि सहमति भएको छ ।

बंगलादेशका वाणिज्यमन्त्री टिपु मन्सुलीसँग भएको भेटमा दुई देशको सम्पर्क सञ्जाललाई विस्तार गर्नका लागि दुबै देशका नजिक रहेका सहरहरुबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नती गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने नेपालका नदीहरु भारत र बंगलादेशका नदीहरुमा जोड्ने र जलमार्गको विकास गर्ने समझादारी भएको छ ।

Leave a Reply

Your email address will not be published.