November 28, 2021

Halkhabar kura

Entertainment Site

तत्कालनै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने योजना छैन: नेकपा अध्यक्ष प्रचण्ड

1 min read

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने योजना नभएको बताएका छन् ।

प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्ने क्रममा प्रचण्डले बाँके र बदियालाई कर्णालीमा, बारा, पर्सा, रौतहटलाई बागमतीमा तथा रामेछाप, दोलखा र सिन्धुलीलाई प्रदेश २ मा गाभ्न सकिने बताएको नेकपाका नेताहरुले बताएका थिए ।

बुधबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आफूले प्रसंगबस मात्र त्यो कुरा भनेको बताए । प्रदेशको भूबनोट सधैं यही रहिरन्छ भन्ने ग्यारेन्टी नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने भन्दै उनले भने, ‘अहिले भर्खरै बाँके बर्दिया कर्णालीमा आइहाल्ने होइन ।’

यो पनि पढ्नुस,

सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए ।

‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन्,’ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं ।’

गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै उनले सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको बताए । समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम सुरु गरेको, केही सुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुने उनको भनाइ छ ।

‘सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार छ,’ प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुनेछ ।’

प्रधानमन्त्री ओलीले कूटनीतिमा वर्तमान सरकारले सफलता हासिल गर्दै गएको दाबी पनि गरे । यही सफलताका कारण विश्व मञ्चमा नेपाल सुनिन थालेको उनले बताए ।

‘हामीप्रति विश्वजगतको ध्यानाकर्षण हुन थालेको छ । हाम्रो गरिमा बढेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

Leave a Reply

Your email address will not be published.