November 28, 2021

Halkhabar kura

Entertainment Site

सूचना प्रविधि विधेयक विरुद्ध कांग्रेसले आज देशभरी विरोधपत्र बुझाउने, विधेयक नागरिकको मुख थुन्नेखालको भएको दावी

1 min read

काठमाडौँ, माघ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध आज ७७ वटै जिल्लाबाट विरोधपत्र बुझाउन लागेको छ ।
कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत आज विधेयक फिर्ताको माग राख्दै सरकारलाई विरोध पत्र बुझाउन लागेको हो ।

यसअघि पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गर्ने ठहर गरेको थियो ।


Aकेन्द्रीय समितिको बैठकले गत पुस २८ गते जिल्ला प्रशासन कार्यालयहरुमार्फत सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेपनि पार्टीको आन्तरिक किचलोका कारण हुन सकेको थिएन ।

केन्द्रीय समितिले निर्धारण गरेको कार्यक्रम हुन नसकेपछि शुक्रबार बसेको संसदीय दलको बैठकले आज ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।पार्टीको आन्तरिक विवाद चुलिएपछि संस्थापन इतर समूह निकट जिल्ला सभापतिहरुको भेला काठमाडौंमा भएकाले त्यतिबेला जिल्ला जिल्लाबाट ज्ञापनपत्र बुझाउन नसकिएको हो।

जिल्ला सभापतिहरु अहिले गृहजिल्ला फर्कि सकेकाले उनीहरुकै नेतृत्वमा सवै जिल्लामा ज्ञापन पत्र बुझाउने तयारी भएको काँग्रेस केन्द्रीय सदस्य तथा सांसद डा डिला संग्रौलाले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा सूचना प्रविधि विधेक नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएकाले तत्काल खारेज गर्न माग गरिएको उहाँले बताउनुभयो ।

विधेकका विरुद्धमा काँग्रेस भन्दा अगाडीदेखि नागरिक अगुवा, पत्रकार, अधिकारकर्मी र बौद्धिक व्यक्तिहरु लागेका छन् ।
उनीहरुले सूचना प्रविधि विधेयक नागरिकको मुख थुन्नेखालको भएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.