November 28, 2021

Halkhabar kura

Entertainment Site

ए डिभिजन लिगमा आज २ खेल, एनआरटीसँग एपीएफ र फ्रेण्ड्ससँग सरस्वती आमनेसामने हुने

1 min read

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग प्रतियोगितामा आज दुई खेल हुँदैछन् । सातौं चरणअन्तर्गत आज न्यूरोड टिम एनआरटी र एपीएफ तथा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुने एन्फाले जनाएको छ ।

दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । सातौं चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने भनिए पनि वर्षा कारण एन्फाले एक खेलमात्र दशरथ रंगशालमा गरेको छ ।

आइतबार दिउँसो १२ बजे एनआरटी र एपीएफबीचको खेल हुनेछ । ६ खेलबाट ८ अंकसहित एनआरटी आठौं स्थानमा छ भने समान खेलबाट ५ अंक मात्र छ ।

यस्तै दिउँसो ३ बजे फ्रेण्ड्स र सरस्वतीबीच खेल हुनेछ । फ्रेण्ड्स ६ खेलबाट एपीएफ समान ५ अंक छ । छैटौं चरणसम्म जितविहीन रहेको सरस्वतीको जम्मा १ अंक छ र पहिलो जितको खोजीमा छ ।

यसअघि हिजो शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

पुलिस २–० जावलाखेल: शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेललाई २–० ले पराजित गरेको हो ।

गोलकर्ता: पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक/एक गोल गरे । सौजनले खेलको २७औं र सुमनले ४८औं मिनेटमा गोल गरेका थिए ।

पुलिस पाँचौं स्थानमा: जारी लिगमा तेस्रो जित निकालेको पुलिसले ७ खेलबाट ११ अंक जोडेको छ । लिग तालिकाको पाँचौं स्थानमा रहेको छ । समान खेलबाटै जावलाखेल ९ अंकसहित छैटौं स्थानमा रहेको छ ।

मनाङ २–२ थ्रीस्टार: शनिबारै भएको दोस्रो खेलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले २–२ गोलको बराबरी खेलेका छन् ।

गोलकर्ता: दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि दुवै गोल अन्जन विष्टले गरे । उनले ४९औं र ६९औं मिनेटमा गोल गरेका थिए ।

खेलमा पहिलो गोल थ्रीस्टारले गरेको थियो । थ्रीस्टारका लागि दुवै गोल लाल राम्भराले गरे । उनले १९औं र ८३औं मिनेटमा गोल गरेका हुन् ।

मनाङ अपराजित: यो बराबरीपछि मनाङले सात खेलबाट १३ अंक जोडेको छ । गोल अन्तरका आधारमा मनाङ तेस्रो स्थानमा कायम छ । जारी लिगमा मनाङ अहिलेसम्म अपराजित रहने एकमात्र टोली हो ।

थ्रीस्टार सात खेलबाट ११ अंकसहित चौथो स्थानमा रहेको छ ।

तीन क्लबको १३/१३ अंक: लिगमा मनाङसहित तीन क्लबको समान १३/१३ अंक भएको छ ।

त्रिभुवन आर्मी क्लब ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । सात खेलबाट १३ अंकसहित मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ ।

आइतबारका खेल: प्रतियोगिताअन्तर्गत् आइतबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्नेछन् । दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वती युथ क्लब भिड्नेछन् । दुवै खेल एन्फा कम्प्लेक्समा हुने ‘एन्फा’ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.