November 28, 2021

Halkhabar kura

Entertainment Site

मधेशमा आज विभिन्न कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाइदै, प्रदेश २ मा सार्वजनिक विदा

1 min read

काठमाडौं । प्रदेश नम्बर २ को सरकारले आज बलिदानी दिवस मनाउँदै छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते अर्थात् आज सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको थियो ।

०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्युभएपछि सुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई वर्षयता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजना गरेको छ भने प्रदेशका अन्य ठाउँमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हँंदै गएको छ । हाल देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत लागेको छ ।

आज दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । पूर्वी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । पूर्वी भूभागका एकदुई स्थानमा वर्षाको संभावना रहेको छ ।

देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षासहित पश्चिमी उच्च हिमाली भेगका एकदुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यका लगायत तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत रहने भएकोले चिसोबाट बच्न मौसमविद्ले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रदेश नम्बर २ को सरकारले आज बलिदानी दिवस मनाउँदै छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते अर्थात् आज सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको थियो ।

०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्युभएपछि सुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई वर्षयता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजना गरेको छ भने प्रदेशका अन्य ठाउँमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

Leave a Reply

Your email address will not be published.