November 29, 2021

Halkhabar kura

Entertainment Site

अन्नपूर्ण पदयात्राका लागि गएका पर्यटक, नेपाली पथप्रदर्शक गरी ११ जना वेपत्ता

1 min read

काठमाडौं । अन्नपूर्ण पदयात्राका लागि गएका ८ विदेशी पर्यटक र तीन नेपाली पथप्रदर्शक गरी ११ जना वेपत्ता भएका छन् । सम्पर्कविहीन हुनेमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली रहनुभएको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनभुयो ।

मनाङमा चारजना चिनियाँ नागरिक पनि सम्पर्कविहीन भएको विभागले जनाएको छ । अस्ति अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटर उचाइको देउरालीसम्म पुगेको र त्यसभन्दा माथिको मौसम खराब रहेको थाहा पाएपछि फर्कने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् ।

पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहीन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुइँकेलले बताउनुभयो ।

अन्नपूर्ण गाँउपालिका–११ का अध्यक्ष हिमबहादुर गुरुङका अनुसार वेपत्ता भएकाहरूको हिजो चारवटा हेलिकोप्टर प्रयोग गरी खोजी गरिए पनि केही पत्ता लागेको छैन ।

यस्तै हिजो शनिवार सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट दुइ सय जना भन्दा बढी पर्यटक र गाइडको उद्धार गरिएको छ । उनीहरुको चार वटा हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको पर्यटन विभागले जनाएको हो ।

वर्षा र हिमपातमा फसेकाको उद्धार गरिएको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनभुयो । हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा चार जना कोरियाली पर्यटक सहित तीन नेपाली सम्पर्क विहीन रहेको आचार्यले बताउनुभयो ।

सम्पर्क विहीन रहेका नेपालीमा गाइडद्वय सरोज परियार र छिरिङ भोटे र भरिया मिनबहादुर लामा रहनुभएको छ । कोरियाली पर्यटकको नाम आइनसकेको विभागले जनाएको छ ।

अन्नपूर्ण पदयात्राका लागि गएका ८ विदेशी पर्यटक र तीन नेपाली पथप्रदर्शक गरी ११ जना वेपत्ता भएका छन् । सम्पर्कविहीन हुनेमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली रहनुभएको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनभुयो ।

मनाङमा चारजना चिनियाँ नागरिक पनि सम्पर्कविहीन भएको विभागले जनाएको छ । अस्ति अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटर उचाइको देउरालीसम्म पुगेको र त्यसभन्दा माथिको मौसम खराब रहेको थाहा पाएपछि फर्कने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् ।

पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहीन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुइँकेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.