November 29, 2021

Halkhabar kura

Entertainment Site

पूर्वमा वर्षाको सम्भावना, पश्चिमी उच्च हिमाली भेगमा हिमपात हुने

1 min read

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हँंदै गएको छ । हाल देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत लागेको छ ।

आज दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । पूर्वी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । पूर्वी भूभागका एकदुई स्थानमा वर्षाको संभावना रहेको छ ।

देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षासहित पश्चिमी उच्च हिमाली भेगका एकदुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यका लगायत तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत रहने भएकोले चिसोबाट बच्न मौसमविद्ले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हँंदै गएको छ । हाल देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत लागेको छ ।

आज दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । पूर्वी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । पूर्वी भूभागका एकदुई स्थानमा वर्षाको संभावना रहेको छ ।

देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षासहित पश्चिमी उच्च हिमाली भेगका एकदुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यका लगायत तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत रहने भएकोले चिसोबाट बच्न मौसमविद्ले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.