October 17, 2021

Halkhabar kura

Entertainment Site

बिरामी पर्न थाले उखु किसान: माग पूरा नभएसम्म घर नफर्कने अडान, ओली सरकारले देखायो निरीहपन

1 min read

उखु किसानको पैसा नदिने उद्योगीहरुलाई कडा कारबाही गरी पैसा असुल गराउन चौतर्फी दवाव श्रृजना भएको छ । तर उद्योगीहरु भने किसानलाई पैसा पनि नदिने र कारवाही नगराउन शिर्ष नेताहरु मार्फत मन्त्रालयमा दवाव दिने पनि गर्न थालेका छन् । उखु उद्योगीहरुलाई कारवाही नगराउन दवाव आउने गरेको विभागीय मन्त्रीको दावी छ ।

विक्री गरिएको उखुको मुल्य नपाएको भन्दै उखु किसानहरु सरकारलाई दवाव दिन काठमाडौँमा भेला भएका छन् । भनसुन देखि सडक आन्दोलनमा निस्कीदा समेत यी किसानहरुको समस्या ज्युँका त्युँ छन् । किसानलाई चरम मार्कामा पारेर व्यवसाय गरिरहेका उद्योगीहरुलाई कडा कारवाही गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले उद्योगीलाई कारबाही गरी उखु किसानको बक्यौता रकम तिराउनुपर्ने बताएका हुन् ।

चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने, पत्याएनन् उखु किसानले

सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । उखु किसानहरुले पटक– पटक उखुको पैसा पाउनुपर्ने माग राख्दै आएका छन । तर, सरकार र किसानसंग सम्झौता गरेको एक वर्ष बितिसक्दा पनि किसानहरुको माग अझै पुरा भएको छैन ।

काठमाडौँको माइतीघरमा उखुकिसानको आन्दोलन तेस्रो दिनमा चलिरहँदा सरकारले रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको गृह, कृषि उद्योग र सामान्य प्रशासनमन्त्रीको छलफलपछि सरकारले यस्तो निर्णय गरेको हो ।

आफूहरूसँग उधारोमा लिएको उखुको रकम नतिरेको भन्दै उखु किसान आन्दोलनमा उत्रिएका हुन् । गत वर्ष पुस १८ गते रकम भुक्तानी गर्ने विषयमा उखु किसानसँग सहमति भएपनि उद्योगीहरूले आलटाल गर्दै आएका छन् । सरकार पनि किसान मारेर उद्योगीलाई पोस्ने नीतिमै देखिएको छ । उखुकिसानबारे सोमवार उद्यागमन्त्री लेखराज भट्टले दिएको अभिव्यक्ति यस्तो छ ।

आन्दोलनरत किसान पनि सरकारको निर्णयप्रति विश्वस्त हुने आधार नभएको बताउँछन् । बारम्बार आश्वास दिएर सरकारले उद्योगीकै पक्ष लिएको उनीहरूको आरोप छ । उद्योगमन्त्रीले विचौलिया देखेकोमा पनि उनीहरूको दुखेसो छ ।

उद्योगीहरूलाई साथ दिएर सरकारले पीडित उखुकिसानलाई बारम्बार झुक्याइरहेको छ । सर्वहारा वर्गको मुक्तिका लागि सशस्त्र संघर्ष गरेका नेताहरू पदमा पुग्नेवित्तिकै किसानलाई विचौलिया देख्नु दुःखद हो । वर्षौदेखि मारमा परेका उखुकिसानका समस्या सुल्झाउन सरकारले चालेका कदम देखावटी मात्र नबनुन् ।
थप जानकारीका लागि पूरा कार्यक्रम हेर्नुहोस् ।