October 18, 2021

Halkhabar kura

Entertainment Site

नालायक–राष्ट्रद्रोही ओली सरकारको काम छैन, अब जनतालाई राजसंस्था प्यारो भयो – रामकुमार शर्मा

1 min read

सत्तारुढ नेकपा लगायतका दलहरुको बढ्दोँ कलह र सरकारको कामलाई लिएर राजतन्त्र आउने टिप्पणी चुलिएपनि विज्ञहरुले भने राजा फर्किने सम्भावना नभएको बताएका छन् । बरु शान्तिपूर्ण राजनीतिमा आए विप्लवको सम्भावना रहेको तर, २, ४ जना सडकमा आउदैँमा राजतन्त्र नफर्किने उनीहरुको बुझाई छ ।

पछिल्लो समय बढेको सत्तारुढ नेकपाको आन्तरिक कलह र सरकारप्रतिको बढ्दो असन्तुष्टिसँगै व्यवस्था परिवर्तन हुने आवाज सुनिन थालेको छ । यसले गर्दा गणतन्त्रविरोधी पक्ष पनि सलबलाउन थालेको र विदेशी तत्त्वहरुको चलखेल पनि बढेको विश्लेषण भइरहेको छ ।

नागरिकको बढ्दो निराशासँगै राजतन्त्र नै फर्किने चर्चा पनि चुलिन थालेको छ । तर सत्ताको बागडोर सम्हालेको नेकपाका नेताहरू भने यो सम्भावना देख्दैनन् । पूर्वराजाले वेलावेला दिने अभिव्यक्ति र उनको पक्षमा २/४ जना सडकमा आउँदैमा राजतन्त्र नफर्किने उनीहरूको तर्क छ ।

यसै सन्दर्भमा रहेर नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य रामकुमार शर्मासँग योहो टेलिभिजनको योहो बहसमा गरिएको कुराकानी । थप जानकारीका लागि पूरा अन्तर्वार्ता हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.