October 17, 2021

Halkhabar kura

Entertainment Site

धौलागिरी अस्पतालमा शरीर जोडिएका शिशुको जन्म

1 min read

नवीन शिशिर विक -धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएका (कन्ज्वाइन्ड टुइन्स) दुई शिशुको जन्म भएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीय अनिता विकले मंगलबार धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएको दुई बच्चालाई जन्म दिनुभएको हो ।

पर्वत अस्पतालबाट बिहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले बिहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म दिएको अस्पतालकी नर्स देवी भट्टराईले जानकारी दिनुभयो ।

शिशुहरू जन्मदै मृत्त भए पनि आमाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पूर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाइ छ ।

‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेनछ,’ भट्टराईले भन्नुभयो–‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं । बच्चा जन्मदा नै मृत्त थिए । आमाको अवस्था सामान्य छ र उहाँ अस्पतालबाट डिस्चार्ज भइ घर फर्किनुभएको छ । यस शरीरका अङ्ग जाेडिएका बालबालिका जन्मने घटना चिकित्सा विज्ञानमा विरलै हुने गर्छ ।

-gorkhapatraonline

Leave a Reply

Your email address will not be published.