October 19, 2021

Halkhabar kura

Entertainment Site

उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु भिडियो सहित

1 min read

सुनसरी- उदयपुरमा सवारी दु’र्घटना हुँदा ५ जनाको घटनास्थलमै मृ’त्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो ।दु’र्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । भिडियो तल

यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए । पहिचान नखुलेका उनीहरूको पनि घ’टनास्थलमै मृ’त्यु भएको हो ।

दु’र्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घा’इते भएका छन् । उनीहरूको स्थानीय अ’स्पतालमा उपचार भइरहेको छ ।

ब्रेक फेल भएर स्करपिओ दु’र्घटनामा परेको हुन सक्ने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published.