September 24, 2021

Halkhabar kura

Entertainment Site

ओली समूहका यी तीन सांसदले दिए प्रधानमन्त्री देउवालाई मत

1 min read

काठमाडौं –

नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वा’सको मत दिएका छन् । केपी ओली नेतृत्वको सरकारमा वनमन्त्रीसमेत रहेका सांसद प्रेम आलेले देउवालाई विश्वा’सको मत दिएका हुन्।

ओलीनिकट अर्को सांसद् किसान श्रेष्ठले पनि देउवालाई विश्वा’सको मत दिएका छन्। श्रेष्ठ तनहुँबाट निर्वाचित सांसद हुन्। उनीहरू विश्वा’सको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै लबीमा प्रवेश गरेका हुन्।

सांसद धनबहादुर बुढाले पनि देउवालाई विश्वा’सको मत दिएका छन्। उनी डोल्पाबाट प्रत्यक्ष निर्वाचित एमाले सांसद् हुन्।