November 29, 2021

Halkhabar kura

Entertainment Site

प्रसिद्धी भन्छिन्ः स्वास्थ्यकर्मीबाट पेशागत मात्र नभई मानवीय सद्भाव पनि पाएँ

1 min read

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई जितेर फर्किएकी प्रसिद्धी श्रेष्ठले अस्पतलामा रहँदा आफूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट सम्मान र सद्भाव पनि उत्तिकै पाएको बताएकी छन्। २७ दिन लामो अस्पताल बसाइका क्रममा आफूले स्वास्थ्यकर्मीबाट पेशागत मात्र नभई मानवीय सद्भाव पनि उत्तिकै पाएको बताईन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित कोरोना ब्रिफिङमा आज (शनिबार) आफ्नो अवस्थाबारे जानकारी दिन उपस्थित भएकी उनले कोरोना संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताईन्। उनले भनिन्, ‘कोरोनाको संक्रमण भयो भन्दैमा हारेस् खानु हुँदैन, तर आत्मबल भने बलियो बनाउनुपर्छ। केही हुन्न।’

कोरोना संक्रमण देखिएपछि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी उनी आज पूर्ण स्वास्थ्य लाभ लिएर घर फर्किएकी हुन्।

उनी फ्रान्सबाट कतार हुँदै गएको चैत ४ गते नेपाल आएकी थिईन्। उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी चैत १० गते अस्पताल भर्ना भएकी थिईन्।

उनी नेपालमा दोस्रो कोरोना संक्रमित थिईन् भने निको भएर घर फर्किने दोस्रै व्यक्ति हुन्। हालसम्म नेपालमा ३० जना कूल संक्रमितमध्ये २८ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरुको सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुस, कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणपछि अस्पताल भर्ना भएकी दोस्रो कोरोना संक्रमित युवती आज ९शनिबार० अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोना संक्रमण देखिएपछि चैत १० गते काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ पूर्ण रुपमा निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

तानव र चिन्तासहित अस्पताल भर्ना भएकी उनी कोरोनालाई जितेपछि आज जीतको मुस्कानसहित अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनलाई पूर्ण निको भएपछि आज ९शनिबार० टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनी गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरे पनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किसकेका थिए। योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये दुई जना निको भएर घर फर्किएका छन् । अन्य २८ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने उनीहरु सबै अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published.