November 28, 2021

Halkhabar kura

Entertainment Site

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८० पुग्यो

1 min read

भारत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या पनि झण्डै एक हजारले थपिएको छ पछिल्लो २४ घण्टामा । अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । त्यसमध्ये १९ सय ९१ जनालाई भने निको भएको छ ।

यस्तै, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

यसैगरी संसारभर संक्रमित हुनेको संख्या २२ लाख ४८ हजारभन्दा बढी भएको छ । कोभिड–१९ बाट ५ लाख ७१ हजार व्यक्ति भने उपचारपछि निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा ७ लाख ९ हजार नाघेको छ । कोरोनाबाट अमेरिकामा ३७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकापछि बढी प्रभावित इटालीमा २२ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ । स्पेनमा २० हजारभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।

फ्रान्समा १८ हजार ६ सयभन्दा बढीको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । बेलायतमा १४ हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८ हजार नाघेको छ ।

यसैगरी इरानमा ४९५८, बेल्जियममा ५१६३, जर्मनीमा ४३५२, चीनमा ४६३२, नेदरल्याड्समा ३४५९, ब्राजिलमा २१४१, स्वीडेनमा १४०० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.