November 29, 2021

Halkhabar kura

Entertainment Site

नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवस : डेरामा बस्‍ने विद्यार्थीलाई सहयोग

1 min read

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आज स्थापना दिवस । नेविसंघले अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरूलाई सहयोग गर्नुका साथै विभिन्‍न कार्यक्रमहरू गरी  ५१औं स्थापना दिवस मनाइरहेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले गत बिहीबार सर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस एकाइहरूलाई कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थीलाई सहयोग गरेरस्थापना दिवस मनाउन निर्देशन दिएका थिए ।

स्थापना दिवसको अवसरमा नेविसंघले आज सामाजिक सञ्जालमार्फत् कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भर्चुअल अन्तर्क्रिया पनि गर्ने भएको छ ।

रक्तदान, राहत वितरण, सचेतना अभियानलगायत कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक दूरी कायम गरेर आयोजना गर्न लागिएको अध्यक्ष ढुंगानाले जानकारी दिएका छन् ।

उनले शनिबार बिहान एक वक्तव्य जारी गरेर स्थापना दिवसको शुभकामनासमेत दिएका छन् ।

नेविसंघको शुभकामना वक्तव्य
मितिः २०७७–०१–०६
शुभकामना !
नेपालका लोकतन्त्रवादी विद्यार्थीहरुको ढुकढुकी नेपाल विद्यार्थी संघले आफ्नो स्थापनको ५०औँ वर्ष पूरा गरी ५१औँ वर्ष प्रवेश गरेको यस विशेष अवसरमा म देशभित्र र बाहिर रहनु भएका तमाम विद्यार्थी साथीहरुमा आफ्नो हकहितकप्रति जागरुक हुँदैस शैक्षिक, सामाजिक र राजनैतिक क्षेत्रमा रहेका विकृति तथा विसंगति विरुद्ध खबरदारी गर्दैस शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथअघि बढ्न प्रेरणा र उर्जा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सर्वप्रथमतः ने.वि.संघद्वारा  विगतमा सञ्चालित विभिन्न शैक्षिक तथा राजनैतिक आन्दोनमा वीरगति प्राप्त गर्ने वीर शहीदहरु लाई श्रद्धापूर्वक स्मरण गर्दछु । तेस्तै आजभन्दा ५ दशक अघि ने.वि.संघको पहिलो महाधिवेशनको उद्घाटन गर्दै यसको विधिवत स्थापना गर्नु हुने सन्त नेता कृष्णप्रसाद भट्टराईलाई श्रद्धापूर्वक स्मरण गर्दछु । ने. बि. संघका सम्पूर्ण संस्थापकहरुलाइ स(सम्मान स्मरण गर्दै, ने.वि.संघका स्थापना कालदेखि आजसम्म संघको विभिन्न तहको नेतृत्व पंक्तिमा रहेर कार्य गर्नु हुने र ने.वि.संघलाई माया तथा साथ दिएर आजको अवस्थासम्म ल्याई पुर्याउन साथ दिनुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई स–सम्मान स्मरण गर्दछु ।

आज हामीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा सिंगो विश्व कोरोना भाइरस(कोभिड–१९)को संक्रमणले आक्रान्त छ । यसबाट लाखौँ संक्रमित भएका छन् भने मृतकहरु पनि दिनानुदिन बढी रहेका छन् । संसारभरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण संक्रमितहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस संकटको घडिमा सिंगो राष्ट्र एकजुट भई यस महामारीको सामना गर्न फेरि पनि आह्वान गर्दछु । यस क्षणमा पारदर्शी भएर, जनतालाई उत्साहित बनाउँदै सबैलाई साथ लिई अघि बढ्न सरकरासँग आग्रह गर्न चाहन्छु ।

लोकतान्त्रिक मूल्य र मान्यताका सवालमा कहिल्यै कसैसँग नझुक्ने तथा विद्यार्थी हकहितका सवालमा सधैँ अग्रपंक्तिमा रहेर संघर्ष गर्ने ने.वि.संघको क्रान्तिकारी छविलाई अझ उच्च बनाउन आ–आफ्नो ठाउँबाट थप योगदान दिन ने.वि.संघका सबै साथीहरुमा अपील गर्दछु । ने.वि.संघलाई अझ बढी प्रशिक्षित र अनुशासित संगठनका रुपमा रुपान्तरण गरी वर्तमान सयमका हरेक चुनौतिहरुको सामना गर्दै देशका सम्पूर्ण विद्यार्थीहरुको आशा र भरोषाको एक मात्र केन्द्रको रुपमा ने.वि.संघलाई स्थापित गर्न सबै साथिहरुको हातेमालो आवश्यक छ । त्यसकारण यस सामूहिक प्रयत्नमा जुट्न सबै साथीहरुलाई आह्वान गर्दछुु ।

श्रद्धय नेताहरु वि.पी. कोईराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला, शुशिल कोईरालाहरुले देखाउनु भएको बाटोमा ने.वि.संघ निरन्तर अघि बढ्नेछ । आदरणीय पार्टी सभापति शेरबहादूर देउवाज्यू तथा नेपाली कांग्रेस केन्द्रीय समितिको मार्ग्निर्देशनले हाम्रो बाटो सहज बनाउनेछ । समग्र नेपाली विद्यार्थीहरुको भावना हाम्रो निम्ति हरेक काम गर्न उर्जा र दृढताको स्रोत हुनेछ ।

जय नेपाल !

…………………..
राजिव ढुंगाना
अध्यक्ष

Leave a Reply

Your email address will not be published.