October 19, 2021

Halkhabar kura

Entertainment Site

आफुले लिएको सापटी रकम दिन कोठामा बोलाई ब’ला,’त्कार गरेको आरोपमा पाइलट पक्राउ

1 min read

आफूले तीन वर्षअघि लिएको सापटी रकम दिन कोठामा बोलाई उल्टै महिलामाथि ज’बर्ज’स्ती क’रणी गरेको आरोपमा एकजना पाइलट नेपाल प्रहरीको महिलासेल,कालिमाटीको हिरासतमा पुगेका छन् । मकालु एअरको पूर्वपाइलट भनिएका सञ्जयकुमार साहले फागुन २५ गते बिहान आफ्नै कोठामा महिलालाई बोलाएर ज’बर्ज’स्ती गरेपछि हिरासतमा पुगेका हुन् ।

३ लालको सुनको फुली र घाँ’टीमा लगाएको १ तोला ४ आनाको सिक्रीसमेत साहको कोठामा ज’बर्जस्ती गर्दा खसेको महिलाले बताएकी छन् ।लामो समय सुर्खेतमा रही पाइलट पेशा चलाउँदै आएका विवाहित साहको विवाहित तर एकल ३७ वर्षिया महिलासँग चार वर्षदेखि चिनजान रहेको बताइन्छ । यसबीच महिलासँग पाइलटले पटक पटक गरेर ८ लाख रुपैयाँ सापटी लिएपनि विभिन्न बहानामा नतिरेको महिलाको आरोप छ । मकालु एअर छाडेर समिट एअरको विमान उडाउन काठमाडौं आएपछि साहले महिलालाई सापटी रकम लिन यतै बोलाएका थिए ।

फागुन तेस्रो साता काठमाडौं उत्रिएकी महिलालाई पाइलटले २५ गते आफ्नो कोठामा पैसा लिन बोलाएको महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । त्यहि क्रममा साहले बिहान साढे नौ बजेको हाराहारीमा कोटेश्वर नरेफाँटस्थित डेरामा भित्रबाट चु’कुल लगाएर आफूमाथि ड’र ध’म्की दिई ब,’ला,’त्कार गरेको पीडितले बताएकी छन् ।

आफूले थाहा नपाउने गरी साहले यौ, ‘न क्रि’याकलापको भिडियोसमेत बनाएको महिलाको दाबी छ । त्यसपछि साहले आफूलाई ना’ ङ्गो फोटो सार्वजनिक गर्ने र ज्या,’न समेत मा,र्ने ध,’म्की दिएर कोठाबाट रकम नदिई ज’र्बज’स्ती निकालेको उजुरीमा उल्लेख छ ।

त्यसक्रममा आफूले नाकमा लगाएको ३ लालको सुनको फुली र घाँटीमा लगाएको १ तोला ४ आनाको सिक्रीसमेत साहको कोठामा ज’बर्ज’स्ती गर्दा खसेको महिलाले बताएकी छन् । उक्त घटनापछि शुरुमा आफू विक्षि’प्तझैँ भएकाले न्यायको लागि कतै जान नसकेको र प्रारम्भमा कालिमाटीको महिलासेल प्रहरीमा जाँदा उल्टै मेलमिलाप गर्न दबाब दिएको पीडितले हिजो राष्ट्रिय महिला अधिकार मञ्चमा हालेको निवेदनमा उल्लेख छ । उनले प्रहरीले पहिले जाहेरी बुझ्न नमानेपछि आफूले मञ्चको सहयोग लिएको बताइन् ।

पर्सा घर भएका पाइलट साहको यसअघि सुर्खेतमा रहँदा विमानस्थलका कर्मचारीहरू बस्ने क्वार्टर नजिकैकी ती महिलासँग चिनजान भएको थियो । चिनजान घनिष्ठतामा परिणत भएपछि उनीहरूबीच ठूलै रकमको लेनदेन समेत भएको देखिन्छ । जनआस्था बाट