November 28, 2021

Halkhabar kura

Entertainment Site

राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट जाँदै

1 min read

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट जानुहुने भएको छ । रौतहटको मौलापुर नगरपालिकाको पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हुने मधानी महायज्ञमा विशेष पूजा गर्न राष्ट्रपति भण्डारी आज त्यसतर्फ जान लाग्नुभएको हो ।

मौलापुर नगरपालिका वाड नं.५ पतौरामा रहेको मन्दिर प्राङ्गणमा हुने महायज्ञमा राष्ट्रपति भण्डारीले आज विशेष पुजाअर्चना गर्ने कार्यक्रम रहेको छ । महायज्ञ स्थल, मुल समारोह, पुजा, मन्दिरलगायतको क्षेत्रमा तयारी पुरा भएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी दिनुभएको छ ।

महायज्ञमा राष्ट्रपति भण्डारीले विशेष पुजा गर्ने तथा पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पुजा गर्ने कार्यक्रम रहेको नगर प्रमुख साहले बताउनुभयो ।

पर्यटन प्रवर्द्धन गर्न तथा भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना भएको महायज्ञमा सो क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले भगवान शिवको विशेष पुजा अनुष्ठानको आयोजना गरेको पुर्व मन्त्री तथा संघिय संसद प्रभु साहले जानकारी दिनुभएको छ ।

महायज्ञमा नेपाल तथा भारतका गरी हजारौ पर्यटकले अबलोकन गर्ने बिश्वास आयोजकले लिएको छ। मौलापुर नगरपालिकाको पतौरा गाउमा फेलापरेको ११औं सताब्दी कर्नाटकालिन युुगमा निर्माण भएको शिव मन्दिरको पुुन: निर्माण समेत भइरहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट जानुहुने भएको छ । रौतहटको मौलापुर नगरपालिकाको पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हुने मधानी महायज्ञमा विशेष पूजा गर्न राष्ट्रपति भण्डारी आज त्यसतर्फ जान लाग्नुभएको हो ।

मौलापुर नगरपालिका वाड नं.५ पतौरामा रहेको मन्दिर प्राङ्गणमा हुने महायज्ञमा राष्ट्रपति भण्डारीले आज विशेष पुजाअर्चना गर्ने कार्यक्रम रहेको छ । महायज्ञ स्थल, मुल समारोह, पुजा, मन्दिरलगायतको क्षेत्रमा तयारी पुरा भएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी दिनुभएको छ ।

महायज्ञमा राष्ट्रपति भण्डारीले विशेष पुजा गर्ने तथा पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पुजा गर्ने कार्यक्रम रहेको नगर प्रमुख साहले बताउनुभयो ।

पर्यटन प्रवर्द्धन गर्न तथा भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना भएको महायज्ञमा सो क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले भगवान शिवको विशेष पुजा अनुष्ठानको आयोजना गरेको पुर्व मन्त्री तथा संघिय संसद प्रभु साहले जानकारी दिनुभएको छ ।

महायज्ञमा नेपाल तथा भारतका गरी हजारौ पर्यटकले अबलोकन गर्ने बिश्वास आयोजकले लिएको छ। मौलापुर नगरपालिकाको पतौरा गाउमा फेलापरेको ११औं सताब्दी कर्नाटकालिन युुगमा निर्माण भएको शिव मन्दिरको पुुन: निर्माण समेत भइरहेको छ।

Leave a Reply

Your email address will not be published.