May 25, 2022

Halkhabar kura

Entertainment Site

सोनिका रोकायाको नयाँ अवतार ‘तिमीलाई देखेर’मा – हेर्नुहोस भिडियोसहित

1 min read

प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको तिमीलाई देखेर गीतको भिडियो सार्वजनिक भएको छ ।

जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ ।

क्याडी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ ।

वैँशालु उमेरमा एक–अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् ।

रोमान्स गर्दा गर्दै कहीँ कतै हराएका एक जोडीको हट दृश्यहरु समेटिएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन्, भने सम्पादन विकास धमलाले गरेका हुन् ।

हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’ (भिडियो)

रिवंश आचार्य र समीक्षा अधिकारीको स्वरमा ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ। गीतमा हरिवंशकै शब्द र संगीतमा तयार भएको हो।

राजधानीमा बिहिबार औपचारिक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरियो। गीतको भिडिओ मानव सुवेदीले निर्देशन गरेका हुन्।

हरिवंशका साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नवीन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको भिडिओ गीति नाटक शैलीमा निर्माण गरिएको छ। भिडिओमा नेपाली युवतीलाई फकाएर विदेश पुर्याउने कथा देखाइएको छ।

काभ्रे र दक्षिणकालीमा खिचिएको भिडियोलाई सुशील सापकोटाले खिचेका छन्। किरण तुलाधरको संगीत स‌ंयोजनमा बनेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन्।

गीतको भिडिओ गज्जब टिभीमार्फत् युट्युबमा सार्वजनिक भएको हो।