October 28, 2021

Halkhabar kura

Entertainment Site

आयो लोडसेडिङको तालिका, दिनमा ३ पल्टसम्म बती जाने !

1 min read

लोडसेडिङ हटेको बताइरहँदा अहिले बेलाबखत विना सूचना झ्यापझाप बत्ती जाने समस्याले उपभोक्ता हैरान छन्। लोसेडिङको पुनरावृत्ति हुन लागेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालबाट सरकार र नेपाल विद्युत प्राधिकरणको चर्को आलोचना गरिरहेका छन्।

प्राधिकरणको नेतृत्व अहिले कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरिरहेका छन्। शाक्य भन्छन् – लोडसेडिङ भएको होइन प्राबिधिक समस्या भएर यस्तो स्थिति उत्पन्न भयो दाबी गरेका छन ।

शाक्य भन्छन् – समस्या सिर्जना त भएको होइन। तर समस्याको अनुभूति र आभास भएको हो। आम मानिसहरूको बुझाई त्यस्तो भएको हो। जसमा संवेदनाले पनि काम गर्‍यो। बिजुली नपुग भएको होइन, धेरै काटिएको पनि होइन।

भनेपछि यो समस्या नयाँ थपिएको होइन। तिनै पुराना विषयहरू हुन्। तर सर्वसाधारणलगायत सबैको त्यसप्रतिको संवेदनशीलता बढेको हो। अलिकति बत्ती गयो भनेपनि हामीलाई धेरै समस्या पर्छ, यो एक प्रकारले राम्रो पनि हो।

उपभोक्ताले राम्रो गुणस्तरको विद्युत खोज्नु भनेको हामीमाथि अझ चुनौती र अवसर छ भन्ने हो। उपभोक्ताको यो संवेदनशीलतालाई सकारात्मकरूपमा लिएका पनि छौं। विद्युत कटौती (ट्रिपिङ) गत वर्षको भन्दा कम भएको छ।

तर पनि झ्याप झ्याप बत्ती गयो भन्ने गुनासा बढेका छन। यसमा हामीले चित्त बुझाएका पनि छैनौं। चित्त दुखाएका पनि छैनौं। उपभोक्ताको गुणस्तरीय विद्युत आर्पूर्तिको माग बढेको छ भने हामीले त्यहीअनुसार दिन पनि सक्नुपर्‍यो। यो भनेको तुरुन्तै गर्न सकिने काम होइन।

यसै बीच नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ ।

जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ ।

प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिनमा ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।