January 24, 2022

Halkhabar kura

Entertainment Site

सिडी विजय अधिकारीको ‘मोहनी’ मा सनम र रिचा (भिडियोसहित)

1 min read

काठमाडौं । सिडी विजय अधिकारीको आवाजमा ‘मोहनी’ बजारमा आएको छ । गीतमा नारद आचार्य सुदामाको शब्द तथा राजकुमार बगरको संगीत रहेको छ । गायक अधिकारी द भ्वाईस अफ नेपालका पहिलो विजेता हुन् ।

‘तिम्रौ आँखैमा मोहनी छ, तिम्रो हेराईमा मोहनी छ, तिम्रो रुपैमा मोहनी छ
त्यहि तिम्रो नजरले, त्यहि तिम्रो अधरले घायल भए म
त्यहि तिम्रो मुस्कानले, त्यहि तिम्रो बोलीले पागल भए म’

मन पराएकी प्रेमिकाको तारिफ गरिएको प्रेमिल शब्दले भरिएको उक्त गीतमा सनम कठायत र रिचा थापाको अभिनय देख्न सकिन्छ । कठायतले अभिनय गरेका सबै गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाएका छन् ।

गीतलाई एभ्रेष्ट ग्याली थुट्युवमार्फत सार्वजनिक गरिएको हो ।

अन्जन शर्माको निर्देशन ,मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पुर्वनै चर्चामा छ । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।

मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाइ आकर्षक प्रेममुन्द्रामा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.