November 28, 2021

Halkhabar kura

Entertainment Site

दुई प्रतिस्पर्धीलाई पछि पार्दै नाट्टाको अध्यक्षमा गुरागाई विजयी, कस्काे कति मत ?

1 min read

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै अच्युत गुरागाई विजयी भएका छन् ।

आफ्ना प्रतिस्पर्धी भिम प्रसाद पन्त र मिहीका राज्यलक्ष्मी शाह धाख्वालाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । शुक्रबार भएको मतदानबाट गुरागाईंले १ सय ५० मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी भिम प्रसाद पन्त १ सय २६ र मिहीका राज्यलक्ष्मी शाह धाख्वाले १ सय ९ मत ल्याए । निर्वाचनमा कुल ४ सय ५ मत खसेको थियो ।

यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्ननेत, उपाध्यक्षमा  थोेपा थापा, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा यूविका भण्डारी निर्वाचित भएका छन् ।

यस्तै सदस्ययहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राज कुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् ।

विजयी भएपछि अध्यक्ष गुरागाईले निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभइ पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने टिमले जित हासिल गरेको बताए । निर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै अच्युत गुरागाई विजयी भएका छन् ।

आफ्ना प्रतिस्पर्धी भिम प्रसाद पन्त र मिहीका राज्यलक्ष्मी शाह धाख्वालाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । शुक्रबार भएको मतदानबाट गुरागाईंले १ सय ५० मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी भिम प्रसाद पन्त १ सय २६ र मिहीका राज्यलक्ष्मी शाह धाख्वाले १ सय ९ मत ल्याए । निर्वाचनमा कुल ४ सय ५ मत खसेको थियो ।

यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्ननेत, उपाध्यक्षमा  थोेपा थापा, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा यूविका भण्डारी निर्वाचित भएका छन् ।

यस्तै सदस्ययहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राज कुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् ।

विजयी भएपछि अध्यक्ष गुरागाईले निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभइ पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने टिमले जित हासिल गरेको बताए । निर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published.