October 17, 2021

Halkhabar kura

Entertainment Site

हट्यो जोरविजोर, शुक्रबारदेखि सबै यातायात चल्न पाउने

1 min read

काठमाडौं : उपत्यकामा गुड्ने सबैखाले सवारीमा लागू भएको जोरबिजोरको नियम हट्ने भएको छ। बिहीबार उपत्यकाका तीनै जिल्लाका सिडिओसहित सुरक्षा समितिको बैठकले यातायात व्यवसायीको छलफलपछि यो निर्णय गरिएको हो। उपत्यकामा चल्ने सवारीसाधनमा असोज १ देखि जोरबिजोरको नियम लगाइएको थियो।

त्यस नियम भोलि अर्थात् शुक्रबार (पुस ३) बाट हटाइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। पुस ३ गतेदेखि यातायात व्यवसायी तथा मजदुरले सबैखाले सवारीसाधन चलाउने भनी संयुक्त विज्ञप्ति नै जारी गरेका थिए।