October 19, 2021

Halkhabar kura

Entertainment Site

मन्त्री जति घुमफिरमा, मन्त्रालय रि’त्तै !

1 min read

राज्यको साधन र श्रो’तको कसरी दु’रुपयोग हुन्छ भन्नेको गतिलो उदाहरण बनेको छ– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पछिल्लो च”र्तिकला । कूल बजेटको आधा’हिस्सा पनि खर्चिन नसकेर आ’लोचनाको सिकार बनेका मुख्यमन्त्री र मन्त्रीहरू आर्थिक वर्ष सकिएपछि अनुगमनको नाममा कोरोनाको बीचमा हु’लहुज्जत गर्दै कर्णालीको वि’कट बस्तीमा हैन, रमणीय ठाउँमा जोडा बाँधेर मस्तीमा हिँडेका छन् । उता सेवाग्राही भने सातवटै मन्त्रालय खाली हुँदा रित्तै फर्किनुपर्ने अवस्था छ ।

मुख्यमन्त्री महेन्द्रबहादर शाही, सामाजिक विकासमन्त्री दल रावल, कानुनमन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह बुढा सुरक्षा द’लबलसहित भदौ २६ गते कालिकोट हुँदै, जुम्ला, मुगु रारा, हुम्ला, बाजुराका रमणीय ठाउँमा केन्द्रित राज्यको तर्फबाट रमाइलो गर्न हिँडेका छन् । भदौ २८ सम्म कालिकोटमा रहेका ल’डाकू पृष्ठभूमिका मुख्यमन्त्री शाहीले कहिले बिहान ४ बजे नै कार्यक्रम राखेर त कहिले मास्क नलगाई हिँडेर जिल्लामा नयाँपन देखाए ।

उनले जिल्लामा रहँदा तहल्का मच्चाएका थिए । सिडिओ र सुरक्षाकर्मीलाई त थर्काए नै, संघीय माननीय दुर्गबहादुर रावललाई पनि जितेर के ग¥यौ ? प्रदेशमा जितेर नि मैले यस्तो गरेँ भनेर पा’वर सो गरे । रोमान्टिक मुडमा हिँडेका उनलाई साथ दिन सुर्खेतबाट तीन जना मन्त्री झन्डा हल्लाउँदै कालिकोट गएका थिए । कोरनाको बीचमा हुल हुज्जत गर्दै सलामीका सलामी खाँदै जुम्ला हान्निए । बाटामा उनीहरुको रमिता हेर्नलायक थियो । दुई जना मान्छे देख्यो कि मोदी स्टाइल भन्दै साइरनवालासहित १५ वटा अगु’वापछुवा गाडी रोकेर आ–आफ्नो परिचय दिएर हात मिलाउन गइहाल्थे ।

Leave a Reply

Your email address will not be published.