January 21, 2022

Halkhabar kura

Entertainment Site

मौसम: आज चट्याङसहित वर्षाको सम्भावना

1 min read

काठमाडौं । नेपालमा स्थानीय तथा पश्विमी वायुको प्रभाव रहेकाले मौसम बदली भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा च-ट्या-ङ- र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ५ गते (शुक्रबार) दिउँसोः देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ च-ट्या-ङ्ग-/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ७ गते (आइतबार) दिउँसोः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रि-मनुसनका बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ ।

जोगिन के गर्ने ? रुखमुनि नबस्ने, घरमा झ्याल तथा ढोका बन्द गरेर बस्ने, विद्युतीय सामग्री तथा विद्युत् प्रवाह बन्द गर्ने, मोबाइल र टेलिफोनको सकभर न्यूनतम प्रयोग गर्ने, फलामजन्य धातुबाट बनेको भित्तामा आड नलिने

Leave a Reply

Your email address will not be published.