November 28, 2021

Halkhabar kura

Entertainment Site

विदेशमा कोरोनाका कारण १४ नेपालीको मृत्यु, करिब २ सय जना सं-क्र-मि-त

1 min read

काठमाडौं । कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना सं-क्र-मि-त छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना सं-क्र-मि-त छन् ।

अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीन जनाको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी छ ।

अमेरिकामा ६० जना नेपाली सं-क्र-मि-त छन् । सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली संक्रमित छन् । यो संख्या अझै धेरै रहेको अनुमान छ ।

बेलायत र अमेरिकापछि सबैभन्दा बढी नेपाली सं-क्र-मि-त रहेको देश बहराइन हो ।

नेपालको श्रम गन्तव्यमध्ये एक बहराइनमा २२ जना नेपाली सं-क्र-मि-त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पोर्चुगलमा र कुबेतमा १२–१२, यूएईमा ११ अस्ट्रेलियामा र स्पेनका ८–८, स्वीटजरल्यान्डमा पाँच, साउदी अरबमा चार,जापानमा दुई ,इजरायल, हङकङ, न्युजिल्यान्ड र मलेसियामा एक-एक जना नेपाली संक्रमित छन् ।

भारतमा धेरै नेपाली कामदारलाई कोरोना सं-क्र-म-ण- भएको अनुमान छ । जसमा अछाम घर भएका एकै परिवारका आठ जना सं-क्र-मि-तको उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published.