October 19, 2021

Halkhabar kura

Entertainment Site

टिकटकमा रम्दै रामकुमारी झाँक्री (भिडियो सहित)

1 min read

नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्री बेला बखत चर्चामा आउने गर्छिन । हक्की स्वभाव र निडर छविका कारण पनि रामकुमारीको चर्चा सधै कायम छ । चित्त नपरेको विषयमा खरो र प्रखर रुपमा उत्रन सक्ने झाँक्री एमालेमा माधव नेपाल निकट मानिन्छीन् । राजनितिक जिवनमा विभिन्न उतर चढावको सामना गरेकी झाक्री बेला बखत सामाजिक संञ्जालमा पनि झुल्किने गर्छिन् । पछिलो समय झाक्री सामाजिक संञ्जाल टिक टकमा यसरी रमेको देख्न सकिन्छ । २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा जन्मिएकी झाक्रीले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन्।

रामकुमारीको जीवनी ‘महिलाहरू कुनै पनि संगठनको नेतृत्व तहमा दाबी गर्दैनन्, गरिहाले पनि काम गर्न सक्दैनन्,’ एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुनुभन्दा पहिले रामकुमारी झाँक्रीलाई यस्ता कुरा खूब सुनाइन्थ्यो । नेपाली राजनीतिको इतिहासमा महिलाले राजनीतिक संगठन (महिला विभागबाहेक)को मुख्य पदमा रहेर काम गरेको उनले पनि भेटेकी थिइनन् । ‘समाज रूपान्तरण सम्भव छ’ भनेरै राजनीतिमा लागेकाहरूको पनि यस्तो मानसिकता देखेर रामकुमारीलाई अचम्म लाग्थ्यो ।

चारै दिशाबाट आउने मनोबल गिराउने प्रसंग कुल्चेर हिम्मतसाथ उनले नेपाली राजनीतिमा एउटा इतिहास बनाइन् । दलहरूका भ्रातृ संगठनमध्ये पनि सबैभन्दा जुझारु मानिने विद्यार्थी संगठनको अध्यक्ष भएर देखाइन् । त्यति मात्रै होइन, आफूले नेतृत्व गरेको संगठनलाई २०६५ सालको स्ववियु चुनावमा पनि पहिलो संगठन नै बनाइन् ।

२०६२÷०६३ को जनआन्दो लनमा रामकुमारी झाँक्री युवा विद्यार्थीको नेतृत्व गर्दै सडकमा पुगिन् । दुईपल्ट उनको टा उकोमा गहिरो चो ट लाग्यो । गिरफ्तार हुने र छाडिने क्रम राजाले प्रत्यक्ष शासन हातमा लिएदेखि जनआन्दोल सफल नहुञ्जेल नियमितजस्तै बन्यो । तर, रामकुमारी आन्दोलनको अग्रमोर्चाबाट कहिल्यै पछाडि हटिनन् । त्यतिबेला सफल आन्दोलनमध्ये पर्ने रिङरोड घेरा उ, बानेश्वरको आन्दोलन रामकुमारीकै ‘डिजाइन’मा भएका थिए । २०५९ सालमा प्रत्यक्ष शासन राजाले हातमा लिएपछि कहीँ विरोध कार्यक्रम नभए पनि पीके क्याम्पसमा हुन्थ्यो । र, त्यसको अगुवाइ रामकुमारीले गरेकी हुन्थिन् ।

गुल्मीको पुर्काट गाउँमा जन्मिएकी रामकुमारी स्कुलमा ‘अगुवा विद्यार्थी’ थिइन् । गीत गाउने र नाँच्ने बाहेकका कार्यक्रममा उनको उपस्थिति हुन्थ्यो । २०४६ सालको आन्दोलनका लागि स्थानीयलाई तयार गर्ने क्रममा उनको कानमा पनि प¥यो, ‘गाउँ समाजमा रहेको यो असमानता सही राजनीतिक व्यवस्था र विचारले मात्रै हटाउन सक्छ ।’ असमान ज्याला, हेपाहा प्रवृत्ति उनलाई महसुस भइसकेको थियो ।

त्यसैले सानै उमेर भए पनि छयालिस सालको आ न्दोलनमा उनी पनि सहभागी भइन् । बहुदलीय प्रजातन्त्रको स्थापनापछि २०४७ साल वैशाख ९ गते उनकै जिल्लामा आयोजित एक राजनीतिक कार्यक्रममा महिला वक्ता जरुरी भयो । वक्तृत्वकला र वादविवाद प्रतियोगितामा भाग लिइरहने रामकुमारी उनीहरूको नजरमा परिन् । सात कक्षा पढ्दै गरेकी उनले वाक्कला प्रस्तुत गरेपछि धेरैले उनको क्षमताको तारिफ गरे ।

रामकुमारीलाई लाग्यो, ‘यो सही बाटो रहेछ ।’ स्कुलमा आफ्ना संगठन विस्तार गर्ने क्रममा तत्कालीन माले (अहिलेको एमाले) ले उनी अध्यनरत स्कुलमा अनेरास्ववियुको संगठन बनायो । उनी सह–सचिव भइन् । इलाका अध्यक्ष, जिल्ला सदस्यसम्म हुँदा उनको एसएलसी सकियो । जिल्लामा महिला जुझारु नेत्रीको पहिचान बनाइसकेकाले स्थानीय नेताहरू उनलाई जिल्लाकै क्याम्पसमा पढोस् भन्ने चाहन्थे ।

तर, उनी उच्च शिक्षाका लागि काठमाडौँ आइन् । गाउँकै साथी पद्मकन्या क्याम्पस पढिरहेकाले उनी पनि त्यतै रमाइन् । नयाँ विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा नयाँ विद्यार्थीका तर्फबाट धन्यवाद दिने व्यक्ति खोज्दा झाँक्रीले हिम्मत गरिन् । पद्मकन्याका विद्यार्थीमाझ उनको बोल्न शैलीको प्रभाव जम्यो ।

उनी अनेरास्ववियुमा विभिन्न पदमा निर्वाचित हुँदै अध्यक्षसम्म पुगिन् । ‘म पद ओगट्न मात्रै होइन, काम गर्न आएकी थिएँ । त्यसैले म अध्यक्ष भएकै बेला मिनी जनमतसंग्रह नै मानिने स्ववियु चुनाव हुँदै थियो । त्यसका लागि रातबिरात नभनी खटिएँ,’ उनी भन्छिन्, ‘यो देशको रूखपात नै माओवादी हो कि भन्ने भएका बेला मैले संगठनलाई पहिलो बनाएँ ।’

टिकटकमा रम्दै रामकुमारी झाँक्री; तल भिडियोमा हेर्नुस: