October 17, 2021

Halkhabar kura

Entertainment Site

वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन -गगन थापा

1 min read

कांग्रेसका युवा नेता गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको पतन अब धेरै टाढा नरहेको बताएका छन्।

मंगलबार बैतडीमा कांग्रेसको सभाललाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेकोआक्रमणलाईलिएर नेता थापाले बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन निश्चित भएको बताएका हुन्।

उनले घटना निन्दनीय रहेको बताउँदै हिं’सा कायरहरुको हतियार भएको बताएका छन्। निषेधको यो शैली सत्ता–शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको उनको भनाइ छ।

‘बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आ क्र मण निन्दनीय छ। हिंसा कायरहरूको हतियार हो। निषेध र आ क्रम णको यो शैली सत्ता–शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको केपी ओली सरकारको पतन अव धेरै टाढा छैन’, प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्विटरमा नेता थापाले लेखेका छन्।

मंगलबार दिउँसो बैतडीको डिलासैनी गाउँपालिकामा कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री ओली निकट कार्यकर्ताले आ क्रम ण गर्दा कांग्रेस केही कार्यकर्ता घाइते भएका थिए। कांग्रेसले यसअघि नै विज्ञप्ति निकालेर उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग समेत गरेको छ।