October 17, 2021

Halkhabar kura

Entertainment Site

चीन बोल्यो- MCC बारे नेपालले यस क्षेत्रको शान्ति र स्थिरताको दृष्टिकोणबाट निर्णय गर्ने विश्वास छ !

1 min read

‘चीनले नेपाललाई कहिल्यै नाकाबन्दी गरेन, भविष्यमा पनि गर्नेछैन’

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई कहिल्यै नाकाबन्दी गरेको छैन भन्दै भविष्यमा पनि नगर्ने बताएकी छिन् ।

कान्तिपुरका जगदीश्वर पाण्डेले इमेलमार्फत गरेको कुराकानीमा राजदुत यान्छीले उक्त दाबी गरेकी हुन् ।

राजदूत होउ यान्छी भन्छिन् –

केही शक्तिले समय समयमा तथाकथित ‘चिनियाँ नाकाबन्दी’ को कुरालाई चर्चामा ल्याउने गरेका छन् । मैले यहाँ जोड दिएर भन्न चाहेको कुरा के हो भने चीनले नेपाललाई नाकाबन्दी गर्ने भन्ने कुरा इतिहासमा कहिल्यै पनि भएको थिएन, अहिले पनि छैन र भविष्यमा पनि हुनेछैन । हामी नेपाली पक्षसँग संयुक्त प्रयास गरी सीमा नाकाको कार्य अवस्थामा सुधार गर्न चाहन्छौं ।

चीनको सम्बन्धित निकायले दिएको जानकारीका अनुसार, महामारी सुरुदेखि तातोपानी र रसुवा नाकामा रोकिएका सबै सवारी साधनहरु नेपालमा ढुवानी गरिसकेका छन् र अहिले त्यहाँ कुनै कार्गो पनि रोकिएको छैन् ।

बीआरआई दीर्घकालीन सहकार्य हो, केही समयको कुनै कारणले यसमा कुनै ठूलो असर पर्नेछैन । एमसीसीबारे नेपालले यस क्षेत्रको शान्ति र स्थिरताको दृष्टिकोणबाट समेत विचार गरी उचित निर्णय गर्ने विश्वास छ । चीन र नेपाल सदैव एकअर्काका सहयोगी र एकै डुंगाका यात्रु हुन् ।

अन्तर्वार्ताको पूर्णपाठको लागि यहाँ क्लिक गर्नुस

कान्तिपुरका जगदीश्वर पाण्डेले इमेलमार्फत गरेको कुराकानीमा राजदुत यान्छीले उक्त दाबी गरेकी हुन् ।