October 28, 2021

Halkhabar kura

Entertainment Site

मासिक ९ हजार ३६३ रुपैयाँ किस्ता बुझाउने गरी एभरेष्ट बैंकले घर किन्न ४० लाखसम्म ऋणदिने, लोन अपलाई गर्ने लिंकसहित

1 min read

एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ। बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ३६३ मात्रको होम लोन ल्याएको हो।

दश लाख रुपैयाँ ऋण लिँदा मासिक सो रकम बुझाए पुग्नेछ। ऋण समाप्त गर्नका लागि सो रकम २५ वर्षसम्म बुझाउनुपर्नेछ।

त्यस्तै मासिक १८ हजार ७२७ रुपैयाँ बुझाउनेगरी २० लाख रुपैयाँ ऋण लिन सकिनेछ। ग्राहकले २५ वर्षसम्मका लागि यस्तो ऋण पाउने छन्। महिनामा किस्ता रकम धेरै बुझाएर समयावधि घटाउन सकिने बैंकले जनाएको छ।

यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट पाउने बैंकले जनाएको छ। बैंकले यस अभियानको लाभ उठाउँदै आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ। ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सेवा दिँदै आएको छ।

ग्राहक संख्या १० लाख बढी रहेको बैंकले जनाएको छ। हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ।

एभरेष्ट बैंकले हाल आफ्ना ९५ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत सेवाहरु प्रदान गर्दै आएको छ।

एभरेष्ट बैंक -Customer Care Center – Toll Free No: 16600171718 , Tel: 01-4418878, SMS: CALL and send it to 32244

बैंक संक्षिप्त प्रोफाइल- 10 लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको यस एभरेष्ट बैंक लिमिटेड तपाईँले विश्वास गर्न योग्य, व्यवसायिक कार्यक्षमता भएको बैंक हो । सन् १९९४ मा स्थापना भएको यस बैंक, समाजका हरेक क्षेत्रमा लागानी र व्यापारिक सुविधा दिएर नेपालकै अग्रणी बैंक बनेको छ । बैंकले सेवाग्राहीको मात्र नभएर सिङ्गो देशको, व्यापारको, कृषिको र उद्योगको हितमा कार्य गरेको छ ।

संयुक्त साझेदार- पञ्जाब नेशनल बैंकले एभरेष्ट बैंकको कूल २० प्रतिशत पूँजीभार बहन गर्दै संयुक्त साझेदार (जोयन्ट भेन्चएर पार्टनर) हुँदै आएको छ । पञ्जाब बैंक भारतको राष्ट्रिय बैंकहरूमा पर्ने देशकै केन्द्रीय स्थानमा शाखा भएको बैंक हो । बैंकले सन् २०१३–२०१४ मा गरेको प्रस्तुतिको कारणले यसको समग्र सेवाले निकै ख्याति तथा सम्मान पाएको थियो ।

भर्खरै पञ्जाब बैंकले ग्राशक व्यवस्थापन तथा बौद्धिक पहल गरेबापत आइडिआरबीटी बैकिङ एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ । यसैगरी डाइरेक्टरहरूको संस्थाहरूबाट ‘गोल्डेन पिकक विजिनेस एक्सेलेन्स अवार्ड २०१३’ पनि प्राप्त गरेको छ । यसैगरी बैंकले निजी क्षेत्रको सबैभन्दा उत्कृष्ट बैंकको अवार्ड पनि सिएनबी टिभीबाट प्राप्त गरेको छ ।

बैंकको अहिले ८ हजार भन्दा बढी शाखाहरू र ८ हजार ६ सय २२ वटा एटिएम बुथ भारतभरी छरिएर रहेका छन् । संयुक्त साझेदार नाताले पनि बैंकले एभरेष्ट बैंकलाई प्राविधिक सेवा सम्झौताबमोजिम उच्च तहको व्यवस्थापकीय सहायता प्रदान गर्दै आइरहेको छ ।

संजाल- एभरेष्ट बैंकले एबिबिएस सिस्टमबाट देशैभरीका स्थानबाट ग्राहकमैत्री सेवा प्रवाह गर्दै आएको छ । बैंकको नेपालभरी रहेका ९४ वटा शाखाहरू, १ सय २० वटा एटिएम बुथहरू, र ३० वटा राजस्व संकलन काउन्टरले सेवाग्राहीलाई अत्यन्त सक्षम कार्यक्षमताका साथ जुनसुकै स्थानमा जुनसुकै बेला सेवाप्रवाह गरिरहेको छ ।

लोन अपलाई गर्ने लिंकको लागि यहाँ क्लिक गर्नुस

Leave a Reply

Your email address will not be published.