November 28, 2021

Halkhabar kura

Entertainment Site

छिटो बिर्सने बानि भएकाहरुलाई स्मरणशक्ति बढाउन के गर्ने ?

1 min read

काठमाडौं । सबैजनाको दिमाग एकैप्रकारको हुदैन । कसैले छिटो बुज्छंन ,कसैलाइ समय लाग्छ । यो समस्या धेरै मानिसको समस्या बनेको छ । एकैचोटी परिक्षा दिएका बिधार्थी कोइ उत्कृस्ट कोइ फेल किन हुन्छन त भन्दा स्मरणशक्ति को कारणले गर्दा हो । निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।

नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ । बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।

बदाम, ओखर, हरियो सागपात, चकलेट, ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ । दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, लुडो, पजल्स खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।

दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्दछ । सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ । घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने बानी बसाल्नुस् । यस्तो बानीले सामान हराउनबाट जोगाउन सकिन्छ ।

यो पनि पढ्नुस, स्मरण शक्ति बढाउने विषयमा धेरै कुरा आइरहेका छन् । तर, मुख्य कुरा तपाईंमा दृढ इच्छाशक्ति हुन जरुरी छ । तपाईंले नुहाउने वेलामा टाउकोमाथिबाट झन्डै १० देखि १५ मिनेटसम्म चिसो पानी छाड्नुभयो भने पनि धेरै स्मरण शक्ति बढाउन लाभ मिल्नेछ । यो समयमा बिस्तारै आफ्नो शिर मिच्नुपर्ने हुन्छ । यस प्रकारको स्नानले मस्तिष्कमा बल पुग्नुका साथै बुद्धि तीक्ष्ण हुन सक्छ । यसबाहेक अरू केही उपाय छन्, जसले तपाईंको स्मरण शक्ति बढाउन मद्दत गर्न सक्छ ।

सन्तुलित भोजन: स्मरण शक्ति बढाउने दृढ संकल्प गर्नुभएको छ भने दैनिक रूपमा सन्तुलित भोजन खानुपर्ने हुन्छ । हामी आजभोलि अलिकति अल्छी पनि भएका छौँ, खानाको विषयमा हेलचेक्र्याइँ नगरौँ । बजारमा पाइने विभिन्न प्रकारका जंकफुड खान छाडौँ । यसको प्रयोगले स्मरण शक्ति घटाउँछ ।

पर्याप्त निद्रा: पर्याप्त मात्रामा निदाउने मानिसहरूको स्मरण बढी हुने अध्ययनले पत्ता लगाएको छ । एक वयस्क मानिसले दैनिक ८ घन्टा विनातनाव निदाउनुपर्ने अनुसन्धानले देखाएको छ । राति अबेरसम्म नसुत्ने र बिहानै उठ्नेजस्ता बानीलाई त्यागेर समयतालिका बनाएर सुत्ने गर्नुहोस् ।

ख्याल गर्नुस् यी कुरा: अधिक मात्रामा मिर्च मसला, मिठाई, तेलमा हालेको पदार्थ खान छाड्नुस् । सादा, ताजा, हल्का पौष्टिक भोजन सेवन गर्नुभयो भने तपाईंको दिमाग तेज हुन सक्छ । घिउ, दूध, फलफूल, तरकारी अधिक मात्रामा सेवन गर्नुपर्ने हुन्छ । आहारविहारमा अधिक मात्रामा ख्याल गर्नुभयो भने तपार्इंको मस्तिष्क ठीक राख्न सक्नुहुन्छ ।

आनन्ददायी क्षणको अभ्यास: जिन्दगीका आनन्ददायी क्षणहरूको पटक–पटक स्मरण गरेमा मानसिक रूपमा कसरत हुन्छ । जसले गर्दा पनि स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ ।

प्रविधिमा अभ्यस्त: तपाईं–हामी सबैसँग कम्प्युटर, मोबाइल छ । ती मोबाइल तथा कम्प्युटरमा रहेका विभिन्न प्रविधिको प्रयोगलाई सकेसम्म जोड दिनुहोस्, यसले स्मरण शक्ति बढाउनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

Leave a Reply

Your email address will not be published.