November 28, 2021

Halkhabar kura

Entertainment Site

हातको नङ पाल्नु फाइदा कि बेफाइदा थाहा पाईराख्नुस

1 min read

हामी सबैको सोचाई हुन्छ नङ ठूलो बनाएपछि हातको सौन्दर्य बढ्छ ।आजभोली केटा केटि दुवैले आफ्नो नङ पाल्ने गरेको पाइन्छ । तर, यो सानो अंग स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । त्यसैले नङलाई केवल सौन्दर्यका लागि मात्र होइन स्वास्थ्यका लागि पनि हेरविचार गर्नुपर्छ । नङको खास ख्याल राख्नुपर्छ । यसो सोझो असर हाम्रो स्वास्थ्यमा पर्छ ।नङ पाल्ने बित्तिकै आफुलाई राम्रो देखिन्छ भन्ने सोच छ आजभोली को मान्छेहरु मा तर तेस्तो हुन्न नङ पाल्नु स्वास्थ्य को लागि बेफाइदा नै हो ।

लामो नङ स् कतिपयको लामो नङ पाल्ने सौख हुन्छ । तर, यो ठीक होइन । नङ छोटो नै हुनुपर्छ । यसकारण कि लामो नङमा फोहोर जम्मा हुने र ब्याक्टेरिया जन्मने खतरा हुन्छ । तर, नङ काट्दा ध्यान पुर्‍याउनुपर्छ कि यसको मूल आकार नष्ट नहोस ।

टुक्रिन नदिने: मौसम परिवर्तन हुँदा नङ चाँडै टुटफुट हुन्छ । चिसो हावामा आर्दताले गर्दा नङ सुक्न थाल्छ र यही कारण नङ कडा हुन्छ । त्यसैले यो टुक्रिन पनि सक्छ । त्यसैले चिसो मौसममा नङलाई टुक्रिनबाट जोगाउनुपर्छ ।

नेलपेन्टको प्रयोग: लामो समयसम्म नङमा नेलपेन्ट लगाउँदा पनि नङ टुट्ने सम्भावना हुन्छ । यदि एक हप्ताभन्दा बढि समयसम्म नङमा नेलपेन्ट लगाएर राख्नुभयो भने नङको रुप बिग्रिन्छ र कमजोर पनि हुन्छ । त्यसैले नङमा लगाएको पोलिस एक हप्ताभित्रै मेटाउनुपर्छ ।

पञ्जा लगाउने: नङमा जम्मा भएको फोहोरका कारण पनि नङ कमजोर भएर टुक्रिन्छ । जाडोमा पञ्जा लगाएर आफ्नो नङलाई बचाउन सकिन्छ । भाँडा माझ्दा वा सरसफाई गर्दा नङमा फोहोर धेरै बस्छ । त्यसैले यस्ता काम गर्दा पञ्जा अवश्य लगाउनुपर्छ ।

मोइस्चराइजर लगाउने:  मोइस्चराइजर क्रिमको प्रयोग त्वचामा मात्र नभएर नङमा पनि गर्न सकिन्छ । जतिपटक हात सफा गरिन्छ, त्यतिपटक मोइस्चराइजर लगाउन नभुलौ । नङ र यसका कुनाहरुमा कोल्ड क्रिमले मसाज गर्नुस र लगाएर केही समय त्यतीकै रहन दिने । त्यसपछि चिसो कपासले आफ्नो हात सफा गर्नुपर्छ ।

यो पनि पढ्नुस,

गाजर भान्सामा सधैँजसो प्रयोग भइरहने भएकाले यसबाट जो कोही पनि परिचित नै हुन्छन् । खानामा सलादको रुपमा, अचार बनाएर वा खाली चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ । खासै महंगो नपर्ने, देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ । हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको फाइदाका बारेमा उतिसारो जानकारी नहुन सक्छ ।

गाजर कत्तिको हितकारी तरकारी हो त रु यसका फाइदा के के छन् रु आँखाको शक्ति बढाउँछ – गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै ‘बिटा क्यारोटिन’ नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ । बुढ्यौली रोक्छ– यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाजर खानाले कम उमेरमै बुढ्यौली देखिने समस्या कम हुन्छ । अर्थात् गाजरले मानिसलाई जवान बनाउँछ ।

गाजरमा हुने ‘एन्टीअक्सिडेन्ट’ नामक तत्वले कोषको क्षयीकरण रोक्छ र बुढ्यौलीका लक्षण कम गर्छ । छालाको चमक बढाउँछ– भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ । गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् । क्यान्सरबाट बचाउँछ – अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्द्राको क्यान्सरको खतरा कम गर्छ ।

गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । सुन्दरताका लागि( अनुहारको सुन्दरताका लागि गाजरको लेप बनाएर मज्जाले लगाउने, केहीबेर राख्ने र पखाल्ने गर्न सकिन्छ ।

यसो गरेमा अनुहारको छाला चमकदार बन्छ र विभिन्न खाले धब्बा पनि हट्छन् । घाउ निको पार्छ – गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ । हृदयरोगबाट बचाउँछ – गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ । गाजरको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्छ ।

Leave a Reply

Your email address will not be published.