October 17, 2021

Halkhabar kura

Entertainment Site

मर्न तयार छौँ तर ओलीको अघि झुक्न तयार छैनौं – प्रचण्ड (भिडियो)

1 min read

मलाई किन-किन मेरो पनि टाउको चिलाएको हो । लाठी खान मन छ यो पटक।

संसद् विघटनविरुद्ध संघर्ष गरिहरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आक्रमक रुपमा प्रस्तुत हुने संकेत देखिएको छ ।

संसद् विघटनविरुद्धको संघर्षका कार्यक्रमअन्तर्गत आज अनेरास्ववियूले प्रज्ञा भवनमा आयोजना गरेको भेलामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तेजित अभिव्यक्ति दिए । उनले अबको आन्दोलनहिंसात्मक हुने संकेत गरे ।

“तपाईंहरु आक्रामक ढंगले आउन जरुरी छ । त्यसो भनेर बुढै त भइएको छैन । ९ गते हामी अलि म्यासिभली जानेछौं । अग्रपंक्तिमा यसपटक हामी अग्रपंक्तिमा हुनेछौं, ” उनले भने, “हिजो गिरिजाबाबु अथवा झलनाथ, माधवजीले लाठी खाएजस्तो मलाई किन-किन मेरो पनि टाउको चिलाएको हो । लाठी खान मन छ योपटक।”

यसअघिका कार्यक्रममा उनले आफूहरु शान्तिपूर्ण आन्दोलन मात्रै गर्ने जिकिर गर्दै आएका थिए । तर, विद्यार्थी नेता कार्यकर्ताहरुलाई आक्रामक शैलीमा प्रस्तुत हुन निर्देशन दिए ।

“गर्जिनुपर्ने बेला भयो । अब शाकाहारी आन्दोलनले पुग्दैन । त्यसलाई त उनले गन्नेवाला नै छैनन्,” उनले मुठभेडमै उत्रनेतर्फ संकेत गर्दै भने, “यस्तो शाकाहारी आन्दोलन पार्टीभित्र कति गरियो गरियो । अब यस्तो आन्दोलनले हुँदैन । युवा-विद्यार्थी तयार हुनुपर्छ ।”

उनले आनदोलनमा उत्रिनेहरुको टाउको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको भन्दै युवाहरुलाई उत्तेजति बनाए । उनको अभिव्यक्तिमा प्रज्ञा प्रवनमा रहेका उपस्थित युवाहरुले ताली र सिठ्ठीमा लोली मिलाए ।

उनले देशमा डरलाग्दो षड्यन्त्र भइरहेको बताउँदै युवाहरुको ऐतिहासिक काँधमा आएको बताए ।

कार्यक्रममा प्रचण्डले संसद्‌विरुद्धको आन्दोदलनमा आफूहरु मर्नसमेत तयार रहेको उद्घोषसमेत गरे । “देशलाई प्रतिक्रान्ति अँध्यारोको भड्खालोमा हालेको हेर्न सकिँदैन। हिजो पनि मर्न हिँडेको हो । जरुरी पर्छ भने मर्न तयार । झुक्न तयार छैनौं,’’ प्रचण्डले भने ।