January 24, 2022

Halkhabar kura

Entertainment Site

यसरी जाडोमा आफ्नो सौन्दर्यको ख्याल राख्नुहोस्

1 min read

एजेन्सी ।  जाडोयामको सुरुवातीसँगै छालामा विभिन्न समस्या आउन थाल्छ । विशेषगरी जाडो याममा सुख्खा हुने भएकाले छाला खस्रो हुने, फुट्ने आदि जस्ता समस्या देखा पर्छ । जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु इत्यादि हुन् ।

साथै वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपायहरु अपनाउनुपर्छ।

कसरी हेरचाह गर्ने ?

१्र प्रसस्त पानी पिउने

२. तातोपानीले वाफ लिने । यसले बन्द भएको रोमछिद्र खुल्छ

३. मौसमी फलफुल खाने ।

४. मनतातो पानीले नुहाउने

५. जाडोयाममा प्रायः हातखुट्टा, ओठ, अनुहार र आँखामा बढी असर पर्ने भएकाले हातखुट्टामा मोइस्चाराइजरको प्रयोग गर्ने ।

६. धेरै हिटर नताप्ने। लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई सुख्खा बनाउँछ ।

यो पनि पढ्नुहोस

पश्चिमा संस्कृतीको सिको गर्दै आधुनिक जीवनशैली अपनाएर स्टाइलिश देखिने चक्करमा युवतीहरूको आजकल टाइट जीन्स लगाउने फेशन चलेको छ । आफ्नो फिगर राम्रो देखिन्छ र सबैलाइ आकर्षित गर्न सकिन्छ भन्ने हेतुले टाइट जीन्स लगाउदा स्वास्थ्यलाई निकै नै हानि गरिरहेका हुन्छ । यसबारेमा सबैलाइ थाहा नहुन पनि सक्छ । पर्फेक्ट फिगरको चक्करमा क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन् ।

टाइट जीन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझोपन हुने खतरा बढ्छ । यस्तो जीन्सले पेटलाई निकै थिच्छ र पछि गएर समस्या आउँछ । युटेरसमा संक्रमण हुन्छ र समयमै उपचार नपाइएमा ट्युबमा स्थायी ब्लकेज आउँछ र पछि गएर आमा बन्न समस्या हुने विज्ञहरू बताउँछन ।

टाइट जीन्स लगाउँदा महिला र पुरुष दुवैमा कम्मर र पिठ्युँसम्बन्धी समस्या पनि निम्तिन्छ । यसले गर्दा मांसपेशीमा जोड पर्छ र नितम्ब स्वतन्त्र रूपमा हल्लिन पाउँदैनन् । यसैले गर्दा महिलाहरूमा स्लिप डिस्कको पनि समस्या आउँछ ।

टाइट जीन्सका कारण गोडाका नसामा भएका भल्भ कमजोर हुन्छन् अनि नसा फैलिन थाल्छन् जसबाट गाँठो बन्छ र गोडा बाउँडिने समस्या पनि बढ्छ ।

यसले मुटुरोग पनि निम्त्याउँछ । रक्तसञ्चार रोकिने भएकाले मुटुसम्म सही मात्रामा रगत नपुगेर मुटुरोगका साथै हृदयघातको सम्भावना बढ्छ । स्वास्थ्य अनुसन्धानकर्ताहरूले यस्तो जीन्स लगाउँदा छालाको क्यान्सरको जोखिम निकै बढ्ने समेत बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published.