October 28, 2021

Halkhabar kura

Entertainment Site

रावणको पक्षमा बोलेको भन्दै बलिवुड नायक सैफविरुद्ध मुद्दा !

1 min read

बलिउड स्टार सैफ अलि खानविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

हिन्दूधर्म मान्नेहरुको भावनामा आँच पुर्याउने अभिव्यक्ति दिएको भन्दै सैफविरुद्ध उत्तर प्रदेशको जौनपुरका अधिवक्ताले मुद्दा दर्ता गरेका हुन्।

सन् २०२२ मा रिलिज हुने चलचित्र ‘आदिपुरुष’ मा सैफले लंकेसको भूमिका निर्वाह गर्दैछन्। लंकेस रावणसँग मिल्दोजुल्दो पात्र हो। हिन्दूशास्त्रमा रावणलाई खलपात्रको रुपमा लिइन्छ।

तर सैफले आदिपुरुषमा रावणले सितालाई अपहरण गर्नु जायज थियो भन्ने दृष्टिकोण रहेको बताएपछि उनी विवादमा तानिएका हुन्।

 

आफ्नी बहिनी सुर्पनखाको नाक रामका भाई लक्ष्मणले काटेपछि बदला स्वरुप रावणले सितालाई अपहरण गर्नुको औचित्य रहेको विषय चलचित्रमा समेटिएको सैफको भनाइ थियो।

डिसेम्बर ६ मा दिएको अन्तर्वातामा उनले भनेका थिए,‘फिल्ममा रावणको परोपकारी र मानवीय पक्ष देखाइने छ।’

हाल राक्षस रावणको गुणगान गाएको भन्दै सैफको आलोचना भइरहेको छ। सैफले यस विषयमा माफीसमेत मागिसकेका छन्।